बुधबार, भदौ ३, २०८३

सर्वसम्मत नेतृत्व चयन हुन्छ : माओवादी प्रवक्ता महरा

'अध्यक्ष प्रचण्डको प्रतिवेदनको मूल स्पिरिट ठीक छ भन्ने आयो, सुझावलाई स्वीकार गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ,' उनले भने, 'सर्वसम्मतिमा नै नेतृत्व चयन भएर भोलि महाधिवेशन सकिन्छ।'
 |  शुक्रबार, पुस १६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १६, २०७८

काठमाडौं-  नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महाराले सर्वसम्मत रूपमा भोलि महाधिवेशन सकिने दाबी गरेका छन्। ६ दिनदेखि जारी महाधिवेशनले शनिबार नै नेतृत्व चयन गर्ने उनले दाबी गरेका हुन्।

'अध्यक्ष प्रचण्डको प्रतिवेदनको मूल स्पिरिट ठीक छ भन्ने आयो, सुझावलाई स्वीकार गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ,' उनले भने, 'सर्वसम्मतिमा नै नेतृत्व चयन भएर भोलि महाधिवेशन सकिन्छ।'

केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले राखेको फरक मतलाई फरक मतकै रुपमा राख्ने र सम्मानपूर्वक बहस गर्ने गरी प्रतिवेदन सर्वसम्मत पारित भएको महराको भनाइ थियो।

प्रकाशित: Dec 31, 2021| 18:17 शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...