बुधबार, भदौ ३, २०८३

कांग्रेसको राजनीति गर्न उपप्राध्यापक लामाले राजीनामा दिए

कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापति पदमा चुनाव लड्नका लागि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. प्रेमध्वज लामाले राजीनामा दिएका छन्।
 |  शुक्रबार, पुस १६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १६, २०७८

काठमाडौं– कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापति पदमा चुनाव लड्नका लागि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. प्रेमध्वज लामाले राजीनामा दिएका छन्। उनले पदबाट राजीनामा दिएको त्रिवि नेपाली इतिहास संस्कृति तथा पुरातत्व विभागले जनाएको छ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सिन्धुपाल्चोकबाट प्रतिनिधि निर्वाचित भएलगत्तै उनले उपप्राध्यापकबाट राजीनामा दिएका थिए। तर, उनको राजीनामा स्वीकृत भएको थिएन। नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा कार्यरत लामाले राजीनामा बुझाएका मुख्य कार्यालय सहायक ईन्द्रकुमारी महर्जनले बताइन्।

हालै मात्र उनले विद्यावारिधि उपाधि हासिल गरेका हुन्। उनले यही २७ पुसमा हुने कांग्रेस सिन्धुपाल्चोकको सभापतिका उम्मेदवारी दिने भएका छन्। लामा पार्टी सभापति शेरबहादुर देउवा निकट नेता हुन्। विद्यार्थी राजनीतिबाट शिक्षण पेसामा प्रवेश गरेका लामा फेरि पार्टी राजनीतिमा लागेका छन्।

प्रकाशित: Dec 31, 2021| 17:45 शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...