बुधबार, भदौ ३, २०८३

माओवादी महाधिवेशन : २५ समूहका सुझावमाथि जवाफ दिन थाले प्रचण्डले

नेकपा (माओवादी केन्द्र)को आजको बन्दसत्रको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जवाफ दिन सुरु गरेका छन्।
 |  शुक्रबार, पुस १६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १६, २०७८

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को आजको बन्दसत्रको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जवाफ दिन सुरु गरेका छन्। स्थायी समितिको बैठकमा छलफल भएलगत्तै अध्यक्ष प्रचण्डले जवाफ दिन सुरु गरेका हुन्। 

अध्यक्ष प्रचण्डको जवाफलगत्तै निर्वाचनको प्रक्रिया सुरु गरिने माओवादीले जनाएको छ। 

बुधबार र बिहीबार अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा विभिन्न २५ समूहमा भएको छलफलको निष्कर्ष सुनाइएको थियो।

विधानअनुसार महाधिवेशन प्रतिनिधिले २ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ। त्यो केन्द्रीय समितिले अध्यक्षसहित १५ पदाधिकारी चयन गर्ने व्यवस्था माओवादी विधानमा छ।

प्रकाशित: Dec 31, 2021| 14:57 शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...