काठमाडौं– निरंकुश शासन सत्ताविरुद्ध इतिहासमा तीनतीन पटक सशस्त्र क्रान्ति चलाएको अनुभव नेपाली कांग्रेससँग छ। पहिलो पटक २००७ सालमा कांग्रेसकै नेतृत्वमा भएको सशस्त्र क्रान्तिले १०४ वर्षे राणा शाहीको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्यो। त्यस उसले चलाएका दुई वटा क्रान्ति असफल भए।
यसपछि पनि व्यवस्थाविरुद्ध कांग्रेसको लडाइँ निरन्तर रह्यो। तर २०३३ साल पुस १६ गते बीपी कोइरालाले लिएको नीतिको अझै पनि चर्चा हुने गर्छ। यसको पक्ष र विपक्षमा अझै पनि बहस हुने गर्छ। तर बीपीको यो नीतिले नेपाली कांग्रेसलाई हिंसात्मक बाटोबाट सदाका लागि शान्तिपूर्ण राजनीतिमा ल्यायो।
अहिलेको गणतन्त्र स्थापनामा बीपीको मेलमिलाप नीति नै जग हो भन्ने पनि छन्। के थियो त नेपाली कांग्रेसले बिभिन्न समयमा गरेको सशस्त्र विद्रोह र मेलमिलापको नीति?