बुधबार, भदौ ३, २०८३

रवीन्द्र मिश्रले भेटे राप्रपा अध्यक्ष लिङ्देन

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले शुक्रबार बिहान राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरेका छन्।
 |  शुक्रबार, पुस १६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १६, २०७८

काठमाडौं– विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले शुक्रबार बिहान राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरेका छन्। भेटमा राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देनसँग राजनीतिक विषयमा कुराकानी भएको मिश्रले जनाएका छन्। भेटमा राप्रपाका नवनिर्वाचित महामन्त्री धवलशमशेर राणा पनि थिए।

भेटपछि मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज बिहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो।' 

प्रकाशित: Dec 31, 2021| 12:55 शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...