काठमाडौं– महिला क्रिकेटको एउटामात्र राष्ट्रिय प्रतियोगिता छ– प्रधामन्त्री कप टी–ट्वान्टी। यो प्रतियोगिता वर्षमा १० दिन चल्छ नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा। जिल्ला र प्रदेश छनोटसमेत गरी खेलाडीले १०–१५ दिन थप अभ्यास गर्न पाउँछन्।
त्यसपछि वर्ष दिन महिला क्रिकेट शून्य अस्थामा रहन्छ। अहिले महिला पीएमप कप एउटा राम्रो प्रतियोगिता भन्दा पनि वर्षमा एकपटक महिला क्रिकेट खेलाडीले भेटघाट गर्ने अवसर मात्र त बनेको छैन भन्ने प्रश्न उठेको छ। त्यो किनभने समूह चरणबाटै बाहिरिने खेलाडीले समूहका तीन मात्र खेल खेल्ने अवसर पाए।
सेमिफाइनल पुग्ने टिमले चार र फाइनल पुग्ने टिमले पाँच खेल खेल्दै प्रतियोगिता सकियो। त्यसैले यो प्रतियोगिता लामो फर्म्याटको हुनुपर्ने पीएम कपको विजेता टिम एपीएफकी कप्तान सिता राना मगर बताउँछिन्।
‘खासमा प्रतियोगिता भइरहेको चाहिँ छैन। यसलाई वान डे बनायो भने चाहिँ खेलाडीका लागि राम्रो हुन्छ जस्तो लाग्छ,’ उनी भन्छिन्, ‘एउटा २० ओभरको खेलमा एकै खेलाडी टिक्यो भने नयाँ खेलाडीले अवसर पाउँदैन। सिनियर खेलाडीले खेल्ने अनि जुनियरहरु पछिको पछि नै पर्ने भइरहन्छ। यसरी विकास हुँदैन।’
गएको आइतबार प्रधानमन्त्री कप प्रतियोगिता सकियो। अब सबै टिमले यसैगरी खेल्नका लागि अर्को वर्ष पर्खिनु पर्ने हुन्छ। यसरी वर्षभरी खेलिरहन प्रेरणा मिल्ला त? जवाफमा सिता भन्छिन्, ‘हामीसँग खेलेर घर फर्किएर त्यहि अनुसारको अभ्यास गर्न पाए भने प्रगति हुन्छ। यहाँ हेरेर, देखेर धेरै कुरा सकेका हुन्छन्। अनुभव भएको हुन्छ।’
सिता अगाडि भन्छिन्, ‘तर, एक हप्ताको अभ्यास गरेर पीएम कप खेल्न आउने। यहाँ सिकेको कुरा घर फर्किएर प्रयोग नगर्ने वा गर्न नपाउने भयो भने त्यो व्यर्थ हुन्छ।’
अहिले पीएम कप खेल्न आउने अधिकांश खेलाडीको कमाइ छैन। न स्थानीय स्तरका राम्रा क्रिकेट प्रतियोगिता नै छन्। खेलाडीहरु आफैंले खर्च गरेर सिक्न सक्ने अवस्था बनिसकेको पनि छैन। त्यसैले जिल्ला र प्रदेश संघहरुले इनिसिएटिभ लिएर आफ्ना योजना र संरचनाहरु बनाउनुपर्ने सिता बताउँछिन्।
अहिले विभागीय टिममा पनि एपीएफले मात्र महिला क्रिकेट टिम बनाएको छ। त्यसैगरी पुलिस र आर्मीले पनि महिलाको टिम बनाएमा खेलाडीको भविष्यका लागि राम्रो हुन्छ। त्यो किन भने विभागमा गएर खेलाडीले दैनिक अभ्यास गर्न पाउँछन्।
सेमिफाइनल पुग्ने टिमले चार र फाइनल पुग्ने टिमले पाँच खेल खेल्दै प्रतियोगिता सकियो। त्यसैले यो प्रतियोगिता लामो फर्म्याटको हुनुपर्ने पीएम कपको विजेता टिम एपीएफकी कप्तान सिता राना मगर बताउँछिन्।
‘हामी अहिलेसम्म क्रिकेटमा टिकिरहेको कारण नै विभागमा भएर हो। हामी पैसा खर्च गरेर पनि सिक्न सक्छौं। त्यसैले दुई विभागमा पनि टिम बन्यो भने प्रतिस्पर्धा पनि पेचिलो हुन्छ, खेलाडीको भविष्य पनि सुरक्षित हुन्छ,’ नेपाल समयसँगको कुराकानीमा उनले भनिन्। यदि विभागीय टिम बनायो भने प्रदेशलाई पनि नयाँ खेलाडी खोज्ने चुनौति थपिने सिताको तर्क छ। तर सिताले भनेजस्तो विभागीय टिम थपिने र प्रदेश र जिल्लाले आफ्ना प्रतियोगिता गर्ने कार्यक्रम नरहेको क्यानका व्यवस्थापक विनोद दास बताउँछन्।
‘पीएम कपको अर्को संस्करणको छनोट अघि प्रदेश र जिल्लाको बाँकी प्रतियोगिता पनि छैनन्,’ उनले भने। मेयर कप र अन्तर्राष्ट्रिय सिरिजको पनि कुरा भइरहेका कारण यो वर्ष व्यस्त नै रहने राष्ट्रिय टिमकी कप्तान रुविना क्षेत्रीको अनुमान छ। ‘क्रिकेट संघले भनेअनुसार यो वर्ष महिला क्रिकेट विकासको बाटोमा लाग्ने देखिन्छ,’ उनले भनिन्।
पुरुषको पीएम कप सकिएपछि महिलातर्फको मेयर कप क्रिकेट प्रतियोगिता हुने व्यवस्थापक विनोदले जानकारी दिएका छन्। उनले भने, ‘पीएम कप भनेको हाम्रो क्यालेन्डरको प्रतियोगिता नै भयो। वर्षमा एकपटक हुन्छ नै। त्यबाहेक मेयर कप गराउने कुरा भइरहेको छ। उनले अन्तर्राष्ट्रिय सिरिज गराउने बारे कुनै जानकारी दिनएन्। भने, ‘हामी अहिले पुरुष टिमको ग्लोबल क्वालिफायरमा केन्द्रित छौं।’
कस्तो रह्यो प्रधामन्त्री कप?
प्रतियोगिता एपीएफको लागि विषेश रह्यो। उसले फाइनलमा प्रदेश १ लाई हराउँदै उपाधि जित्यो। तर मैदानको पीचको अवस्था भने दुःखलाग्दो रह्यो। फुटबल खेल्न प्रयोग गरिँदै आएको मैदानमा क्रिकेट खेल्नुपर्दा खेलाडीलाई कतिपय प्राविधिक कुरामा कठिन भयो।
एपीएफकी कप्तान सिता भन्छिन्, ‘स्पिनर पीच जस्तो लाग्यो। बलहरु स्पिन धेरै भइरहेको थियो। बल टर्न भइरहेको थियो। पेसर बलहरु माथि उठिरहेको थिएन ‘लो’ भइरहेको थियो। तर धन्न घाम लाग्यो।’
धनगढीमा सुरुको दुई दिन पूरा लाइट थिएन। एक खेल त छ ओभरको मात्र भयो। देशको महत्वपूर्ण प्रतियोगिता छ ओभरको हुन दुखद् हो। ‘ओभरको खेल खेलेर त प्रगति पनि हुँदैन,’ उनले भनिन्। त्यस्तै, प्रतियोगितामा टिमले वा आयोजकले फिजियोको व्यवस्था गरको थिएन। त्यसले खेलाडीलाई थप दुःखी बनायो।
खेलका क्रममा खेलाडीलाई चोट लागिरहेको हुन्छ। त्यस्तोमा फिजियोका व्यवस्था गर्नुपर्ने हुन्छ। तर प्रतियागितामा त्यो नभएछि सितालाई नरमाइलो लाग्यो। ‘प्रतियोगिताको हिसाबले राम्रो नै भयो। सुदूरपश्चिम बलियो थियो। तर उसले क्षमताअनुसारको प्रदर्शन गर्न सकेन। अरु टिम त सामान्य थिए। त्यसपछि प्रदेश १ पनि ठिकै थियो,’ सिताले भनिन्।
तर पहिलाको सिजनभन्दा यो वर्ष केहि नयाँ देख्न नपाएको सिताको भनाइ छ। प्रदेश १ की कप्तान रुविना क्षेत्री भने भने युवा खेलाडी केही थपिएको बताउँछिन्। ‘गण्डकी, कर्णालीको १५–१६ वर्षका खेलाडी देखियो। हाम्रोमा पनि त्यो उमेरका खेलाडी थिए। त्यो चाहिँ एक सकारात्मक लक्ष्य हो,’ रुविनाले भनिन्,‘अबको दुई वर्षमा उनीहरु राम्रो खेलाडी हुन्छन्। तर, अधिकांश पहिलेकै खेलाडी हुन्। नयाँ खेलाडीबाट सोचेको जस्तो प्रदर्शन नआएको जस्तो लाग्यो।’
कर्णालीको खेल भने गएको सिजनको भन्दा सुधारिएको थियो। त्यस्तै, कमजोर मानिएको गण्डकीले चाहिँ बलियो एपीएफसँग २० ओभर खेलेर विकेट पनि लिएको छ।
खेलका क्रममा खेलाडीलाई चोट लागिरहेको हुन्छ। त्यस्तोमा फिजियोका व्यवस्था गर्नुपर्ने हुन्छ। तर प्रतियागितामा त्यो नभएछि सितालाई नरमाइलो लाग्यो। ‘प्रतियोगिताको हिसाबले राम्रो नै भयो। सुदूरपश्चिम बलियो थियो। तर उसले क्षमताअनुसारको प्रदर्शन गर्न सकेन। अरु टिम त सामान्य थिए। त्यसपछि प्रदेश १ पनि ठिकै थियो,’ सिताले भनिन्।
‘कर्णालीको पहिलोे खेल नै प्रदेश १ सँग परेका कारण राम्रो गरेन। खेलअघि पनि आफूलाई दबाब रहेको स्विकारेका थिए,’ रुविनाले भनिन्, ‘त्यसपछि मैले उनीहरुसँग कुरा गरेँ। दोस्रो तेस्रो खेलमा पूरा ओभर टिकेको छ। राम्रो रन बनाएको छ। आत्मविश्वास दिलाउन सकियो भने राम्रो हुनसक्छ।’
तर बाग्मतीको र सुदूरपश्चिमको प्रदर्शन पोहोरको भन्दा राम्रो नभएको रुविनाको गुनासो पनि छ। सायद अभ्यासको कमी भयो वा कुनै करणले हो आफ्नो क्षमता अनुसार दुवै टिमले फाइट गर्न सकेनन्। सुदूरपश्चिम त प्रदेश १ भन्दा पनि बलियो टिम हो। उसले सेमिफाइनलमा प्रदेश १ सँग नै हार बेहार्यो। ‘कोअर्डिनेसन र टिमभित्र आपसी मेलमिलापको कारण हामीले फाइनलको यात्रा तय गरेको हो,’ नेपाल समयसँगको कुराकानीमा रुविना सुनाउँछिन्, ‘सुदूरपश्चिममा सिनियर र अनुभवी खेलाडी धेरै थिए। मेयर कपको फाइनल पुगेको। हामीलाई हराइसकेको अनुभव उनीहरुसँग थियो। तर, उसको प्रदर्शन सोचेजस्तो रहेन।’
एपीएफको तयारी
त्यसो त एपीएफ वर्षभरी नै तयार टिम हो। प्रतियोगिताको लागि उसको विषेश तयारी थियो। लामो समयदेखि एकै खलाडी खेलेर सेट भएको टिम पनि हो एपीएफ।
‘तयारी राम्रो नै भयो। मेरो टिममा पनि निकै जुनियरहरु छन्। मैलै यो वर्ष आफूलाई ब्याक गरेर खेलेँ। मैले अन्तर्राष्ट्रिय पनि खेलेर आइसकेको थिएँ। अहिले चाहिँ जुनियरको पालो थियो,’ सिता भन्छिन्, ‘मैले जति जिम्मेवारी दिएको थिएँ उनीहरुले आपूलाई सावित गरेर देखाइदिए। सबैको प्रदर्शन बराबरी नै थियो।’
यो वर्षको पीएम कपमा रोमा थापा, ममता चौधरी, इन्दु वर्माले जिम्मेवारी दिएअनुसारकै प्रदर्शन गरेका छन्। टिमका सबैले खेलाडीले आफूलाई सकृय बनाएर खेले। ‘हाम्रो लागि वान अफ दि बेस्ट प्रतियोगिता भयो,’ सिताले सुनाइन। प्रतियोगितामा प्रदेश १ डिफेन्डिङ च्याम्पियन थियो। गएको वर्ष लमही मैदानमा भएको प्रतियोगितामा उसले जित निकालेको थियो। त्यसैले यो वर्ष एपीएफ ओभर कन्फिडेन्ट भएन।
‘सबै टिमलाई विपक्षीका हिसाबले हेर्दै, गल्ती गर्ने सोच्यौँ। पछिल्लो सिजनमा जुन गल्ती भएको थियो त्यो सुधार गयौँ। पीएम कप जित्नुपर्छ भनेर तयारी भएर गएका थियौं र उपाधि जित्यौँ,’ सिताले भनिन्।
यता रुविनालाई उपाधि रक्षा गर्न नसक्दा दुःख लाग्यो तर प्रतियोगिता आयोजना भयो त्यसमा खुसी पनि लाग्यो। आफ्नो टिममा धेरै जुनियर खेलाडी भएकाले पनि उपाधि जित्न नसकिएको रुविनालाई लाग्छ। ‘त्यसका बाबजुद हामीले राम्रो आन्तरिक संचार र सहकार्य गरेर फाइनलसम्म पुग्यौँ। त्यो नै सकारात्मक पक्ष्य हो,’ उनले भनिन्।
झापामा विस्तार हुँदै क्रिकेट संस्कृति
रुविनाको टिमले अहिले झापामा क्लबका प्रतियोगिता आयोजना गराउने भएको छ। उनले भनिन्, ‘मैले आफ्नो ठाउँमा पनि क्लबको प्रतियोगिता गराउने सेचिरहेको छु।’
झापा जिल्लामा पछिल्लो समय महिला खेलाडीको उर्वर क्षेत्र बन्दै गएको छ। त्यहाँ एक प्रकारको क्रिकेट संस्कृतिको विकास भइरहेको छ। पीएम कपमा प्रदेश १ को जिल्ला छनोट हुँदा झापाका खेलाडी उल्लेख्य मात्रमा उपस्थित थिए। इलामको टिममा चार जनामात्र खेलाडी भएपछि बाँकी खेलाडी झापाकै राखेर टिम तयार भएको थियो। त्यस्तै, मोरङको टिममा पनि झापाकै खेलाडी उल्लेख्य रुपमा थिए।
‘झापामा महिला क्रिकेट संस्कृति थिएन। त्यो भर्खरै मात्र बनाएको हो। वीर (श्रेष्ठ) दाइहरुको टिम गएर निजी, सार्वजनिक र सरकारी स्कुलहरुमा कुरा गरेर, क्रिकेटको विकास गर्दै गएको हो। दाइसँगै हामी झापाको भित्र भित्र पनि पुगेका छौं,’ रुविना सुनाउँछिन्, ‘त्यसको श्रेय वीर दाइलाई नै जान्छ। अरुले पनि सहयोग गर्नुभएको छ। झापामा महिला खेलाडी धेरै हुनुको कारण चाहिँ त्यो क्याम्पेनिङ नै मुख्य हो।’
सबै महिला खेलाडीले भोगेकै कुरा हो कि महिला खेलाडीलाई घरबाट निस्किएर खेल्न अझैसम्म पनि मुस्किल छ। अभिभावकले खेल्नमा भन्दा पढाइमै केन्द्रित होउन् भन्ने चाहन्छन्। ‘सुरुमा बोर्डिङ स्कुलबाट सुरु गरेका हौँ। हामीले प्रिन्सिपललाई सम्झाएर टिम सहभागी गराउन अनुरोध गर्थ्यौं। केटीहरुको टिमको फि पनि लिँदैन थियौँ,’ रुविना भन्छिन्, ‘केटीहरुको सहभागिता धेरै भएपछि हामीले फि लिएर प्रतियोगिता गराइरहेका छौं। त्यसरी होे खेलाडी धेरै भएको। खेल्नुपर्छ भन्ने संस्कार बसेको हो।’
रुविनालाई क्रिकेट खेल्नुपर्छ भनेर सिकाउने पनि विर श्रेष्ठ नै हो। वीर अहिले प्रदेश १ टिमको प्रशिक्षक र संघका कोषाध्यक्ष हुन्। ‘पीएम कप छनोटको कुरा गर्दा इलामबाट चार जना मात्र खेलाडी आउँछन्। प्रदेशमा त टिम बनाएर खेलाउनु पर्यो। चार जनालाई त्यसै फर्काउनु भन्दा छ अरु जिल्लाको थपेर खेलाउनु राम्रो हो नि। जे गरे पनि प्रदेशको टिम बलियो बनाउनु हो,’ उनले अन्तिममा भनिन्।