शनिबार, चैत ११, २०७९

वर्षापछि बुटवलका विद्यालयमा २ दिन बिदा

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र भारतीले बुधबार एक विज्ञप्ति जारी गर्दै विद्यालयले दिने वर्षे/हिउँदे बिदाबाट बिदा मिलान गर्ने गरी पौष १५ र १६ गते २ दिनका लागि बिदा गर्न भनिएको छ।
 |  बुधबार, पुस १४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस १४, २०७८

National life insurance
worldlink

बुटवल- वर्षासँगै चिसो बढेपछि बुटवल उपमहानगरका विद्यालय दुई दिनका लागि बन्द हुने भएका छन्।चिसो बढ्दै गएपछि विद्यार्थीहरूको स्वास्थ्यलाई दृष्टिगत गर्दै उपमहानगरले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। 

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र भारतीले बुधबार एक विज्ञप्ति जारी गर्दै विद्यालयले दिने वर्षे/हिउँदे बिदाबाट बिदा मिलान गर्ने गरी पौष १५ र १६ गते २ दिनका लागि बिदा गर्न भनिएको छ। 

उपमहानगर अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत सबै विद्यालय बिहीबार र शुक्रबार बन्द रहनेछन्। वर्षापछिको चिसाेले जनजीवन प्रभावित भएकाे छ।

प्रकाशित: Dec 29, 2021| 07:39. 46 बुधबार, पुस १४, २०७८

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।