शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • भिडियो
  • बिहानी समाचार : वर्षापछि चन्द्रागिरिसहितका क्षेत्रमा हिमपात, माओवादी महाधिवेशनमा आज के हुन्छ?

बिहानी समाचार : वर्षापछि चन्द्रागिरिसहितका क्षेत्रमा हिमपात, माओवादी महाधिवेशनमा आज के हुन्छ?

देशका विभिन्न ठाउँमा वर्षासँगै हिमपात, प्राथमिक तहका लागि १३ हजार शिक्षकको विज्ञापन गर्दै आयोग
 |  बुधबार, पुस १४, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस १४, २०७८

vianetvianet

काठमाडौं- नेकपा माओवादी केन्द्रको जारी ८औँ महाधिवेशनको बन्दसत्रमा आज प्रतिनिधिहरुले आफ्नो सुझाव पेश गर्ने भएका छन्। 

triton college

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दस्तावेजमाथि छलफल गर्न करिब १७ सय प्रतिनिधिलाई २५ समूहमा विभाजन गरिएको थियो। २५ वटै समूहले दिउँसो १ बजेबाट सुरु हुने बन्दसत्रमा आफ्नो सुझाव पेश गर्ने भएका हुन्। प्रतिनिधिहरुले महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि हिजो दिनभर छलफल गरेका थिए भने आज पनि मध्यान्ह १२ बजेसम्म छलफल गर्दैछन्।

प्रतिनिधिहरुलको सुझाव आएपछि अध्यक्ष दाहालले जवाफ दिने र आवाश्यक सुझावलाई समेटेर प्रतिवेदन पारित गर्ने माओवादीको तयारी छ। यसैबिच, दस्तावेजमाथिको छलफल सकेर पारित भएपछि नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने भएको छ। केन्द्रिय कमिटि चयनको गृहकार्य सुरु गर्न माओवादीले देव गुरुङको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। 

देशका विभिन्न ठाउँमा वर्षासँगै हिमपात 

पश्चिमी वायु तथा न्युनचापीय प्रणालीका कारण देशका विभिन्न ठाउँमा वर्षासँगै हिमपात भएको छ। काठमाडौँ उपत्यकाको चन्द्रागिरीमा हिउँ परेको छ।

National life insurance

हिमपात भएपछि आज चन्द्रागिरीमा हिउँ खेल्नेहरुको भीड लागेको छ। यस्तै मकवानपुरको दामन र सिमभन्ज्याङमा पनि हिउँ परेको छ। यस्तै रसुवा, दोलखाका हिमाली भेगमा पनि हिमपात भएको छ। गोरखा, लमजुङ, मनाङ र मुस्ताङमा पनि हिमपात भएको छ।

उता हिमपातका कारण कर्णालीका हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ। बुधबार रातीदेखिको वर्षा तथा हिमपातले हुम्ला, मुगु, डोल्पा, जाजरकोट, रुकुम पश्चिमको जनजीवन प्रभावित भएको हो। 

वर्षा एवम् हिमपातका कारण चिसो बढ्यो

देशभर बदली तथा वर्षा एवम् हिमपातका कारण चिसो अत्यधिक बढेको छ। पश्चिमी क्षेत्र हुँदै पूर्वतिर सर्दै गएको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकासहितका देशका अधिकांश क्षेत्रमा पानी परेको छ।

मंगलबार रातिदेखि नै काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशभर सामान्यदेखि पुर्ण बदली रही अधिकांश स्थानहरुमा हल्का वर्षा भैरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि बिहीबार पनि वर्षाको सम्भावना छ भने पर्सी शुक्रबारदेखि मौसम क्रमिक रुपमा सुधार हुनेछ।

प्राथमिक तहका लागि १३ हजार शिक्षकको विज्ञापन गर्दै आयोग

शिक्षक सेवा आयोगले प्रथमिक तह तृतिय श्रेणी, शिक्षक पदको खुला प्रतियोगात्मक परीक्षाको विज्ञापन गरेको छ। 

आयोगले सामुदायिक विद्यालयको प्रथमिक तह तृतिय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाद्धारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले विज्ञापन गरेको हो। आयोगले यसअघि निम्नमाध्यमिक तहका लागि २५ सय ९७ र माध्यमिक तहका लागि १५ सय ४७ शिक्षकको विज्ञापन आह्वान गरिएको छ।

आयोगले तीन वर्षपछि शिक्षकको खुला पदमा विज्ञापन गरेको हो। यसअघि आयोगले २०७५ असारमा खुलातर्फको विज्ञापन गरेको थियो। त्यसपछि कार्यरत अस्थायीलाई स्थायीका लागि विज्ञापन खुलाइए पनि खुलाका लागि विज्ञापन गरिएको थिएन। आयोगले परिवर्तित पाठ्यक्रमअनुसार परीक्षा लिन लागेको हो। 

सर्लाहिमा हिजोदेखि जारी निषेधाज्ञा आज पनि कायमै

सर्लाहीको ईश्वरपुर नगरपालिका क्षेत्रमा हिजोदेखि जारी निषेधाज्ञा आज पनि कायमै छ। गत आइतबार भएको सवारी दुर्घटनाको विषयलाई लिएर सार्वजनिक सम्पतिको तोडफोड, आगजनी भएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सर्लाहीले मंगलबार अपरान्ह ३ बजेदेखि जारी गरेको निषेधाज्ञा बुधबार साँझ ७ बजेसम्म कायम रहने  भएको हो।

निषेधित क्षेत्रमा भेला हुन, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाइने प्रशासनले चेतावनी दिएको छ। ‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (२) र (३) बमोजिम देहायको क्षेत्रहरुमा निषेधाज्ञा आदेश जारी गरिएको  प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,।’

जोर्डनको संसदमा सांसदहरुबीच कुटाकुट

जोर्डनको संसदमा सांसदहरुबीच हात हालाहाल र कुटाकुट भएको छ। विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच संसदभित्रै कुटाकुट भएको हो। 

सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो। संसद भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरुले एकले अर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छन्।

उसभामुख ढलेपछि केही सांसदहरुले होहल्ला गरेका थिए। संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि साँसदहरुबीच चर्काचर्की भएको थियो। त्यसपछि ती सांसदलाई आफ्नो भनाई फिर्ता लिन र क्षमा माग्न विपक्षी सांसदहरुले माग गरेका थिए। 

फ्रान्समा अहिले सम्मके धेरै व्यक्तिमा कोरोना संक्रमण 

फ्रान्समा एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा फ्रान्समा एक लाख ७९ हजार ८०७ जनाका संक्रमण पुष्टि भएको हो। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फ्रान्ससहित युरोपका देशमा तीव्र गतिमा फैलिइरहेको छ।

युरोपका इटाली, ग्रीस,पोर्चुगल र इंग्ल्याण्डमा पनि दैनिक संक्रमितको संख्या अधिक देखिएको छ। क्रिसमसको समय परेकाले अघिल्ला दिनहरुको पनि तथ्यांक रिपोर्ट गर्न बाँकी रहेको हुन सक्ने भएकाले दैनिक संक्रमितको संख्या अधिक देखिएको हुन सम्ने पनि बताइएको छ।


प्रकाशित: Dec 29, 2021| 11:06 बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।