शनिबार, असोज १३, २०८०

सेन्ट्रल जोन भलिबल : उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै

नेपाल र उज्वेकिस्तानबीचको उपाधि भिडन्त ढाकाको मिरपुरस्थित सहिद शुरवार्दी इन्डोर स्टेडियममा बिहान सवा ११ बजे सुरु हुनेछ। साबिक विजेता नेपाल आज उज्वेकिस्तानलाई हराएर अपराजित रहँदै उपाधि रक्षा गर्ने दाउमा छ। नेपाल शीर्ष तथा उज्वेकिस्तान दोस्रो स्थानमा रहेर फाइनल पुगेका हुन्।
 |  मंगलबार, पुस १३, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

काठमाडौं- बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत महिलातर्फको उपाधिका लागि नेपालले मंगलबार उज्वेकिस्तानको सामना गर्दैछ।

sagarmatha cement

नेपाल र उज्वेकिस्तानबीचको उपाधि भिडन्त ढाकाको मिरपुरस्थित सहिद शुरवार्दी इन्डोर स्टेडियममा बिहान सवा ११ बजे सुरु हुनेछ। साबिक विजेता नेपाल आज उज्वेकिस्तानलाई हराएर अपराजित रहँदै उपाधि रक्षा गर्ने दाउमा छ। नेपाल शीर्ष तथा उज्वेकिस्तान दोस्रो स्थानमा रहेर फाइनल पुगेका हुन्।

उज्वेकिस्तान पनि नेपालसँग लिग चरणमा बेहोरेको हारको बदला लिँदै उपाधि जित्न चाहन्छ। लिग चरणमा नेपालले उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा हराएको थियो। महिलातर्फको तेस्रो स्थानका लागि मंगबार नै श्रीलंका र किर्गिस्तान प्रतिस्पर्धा गर्दैछन्।

पुरुषतर्फ नेपालले तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्नेछ। लिग चरणमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएको नेपाल त्यसलाई कायम राख्दै तेस्रो स्थान हासिल गर्ने प्रयासमा हुनेछ।

प्रकाशित: Dec 28, 2021| 08:42 मंगलबार, पुस १३, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नेपाली पब्जी टोली सेमिफाइनलमा पुग्यो

नेपाली पब्जी टोली सेमिफाइनलमा पुग्यो

आज चाइना हाङझाव स्पोर्ट्स सेन्टरमा एलिमिनेसन राउन्ड (क्वाटर्रफाइनल) खेलमा नेपाल आफ्नो समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेको हो।
नेपाल तेक्वान्दोमा पदकविहीन, ब्याडमिन्टनमा विजयी सुरुआत

नेपाल तेक्वान्दोमा पदकविहीन, ब्याडमिन्टनमा विजयी सुरुआत

नेपाल सर्वाधिक आश गरिएको तेक्वान्दोमा पदकविहीन बन्न पुगेको हो । 
नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन

नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन

झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको मंगोलियासँग खेल्दा नेपाली क्रिकेटरले विश्वविजेतालाई समेत उछिनेर नयाँ रेकर्ड बनाएका छन्।