शुक्रबार, असोज ३१, २०८२

प्रदेश २ नामकरण : मधेस र मिथिलामा विवाद

सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले ‘मधेस’ प्रस्ताव गरेको छ। जसपा र माओवादी केन्द्रले पेस गरेको प्रस्तावलाई प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको छ।
 |  सोमबार, पुस १२, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

सोमबार, पुस १२, २०७८

जनकपुरधाम– प्रदेश २ को नामकरणका प्रदेशसभामा फेरि एकपटक प्रक्रिया सुरु गरिएको छ। राजनीतिक दलहरुले प्रदेशसभामा नामका प्रस्ताव प्रस्तुत गरिसकेका छन्। प्रदेशसभा बैठकमा प्रदेशको नाम तोक्न ‘मधेस’, ‘मिथिला–भोजपुरा’, ‘जानकी’ र ‘मध्य मधेस’ प्रस्ताव पेस भएको हो।

Kumaribank

सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले ‘मधेस’ प्रस्ताव गरेको छ। जसपा र माओवादी केन्द्रले पेस गरेको प्रस्तावलाई प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको छ। 

अर्को सत्तारुढ दल नेपाली कांग्रेसले प्रदेशको नामका लागि ‘मिथिला–भोजपुरा’ प्रस्ताव पेस गरेको छ भने कांग्रेसकै प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साहले ‘मध्यमधेस’ प्रस्ताव पेस गरेका हुन्। 

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रदेशको नामकरणका लागि ‘जानकी’ पेस गरेको छ। जसलाई नेकपा एमालेले पनि समर्थन गरेको छ।

तर प्रदेशको नामकरणका लागि मधेस र मिथिलाबीचको अन्तर्विरोध सबैभन्दा बढी देखिएको छ। मधेसका पक्षमा उभिएका दलहरु प्रदेशका नाम मिथिला स्वीकार्न नसक्ने अडानमा छन् भने मिथिलाको वकालत गर्नेहरु प्रदेशको नाम यो भूमिको प्राचीनता तथा भाषासंस्कृतिलाई टेकेर मिथिला नै राख्नुपर्ने अडानमा छन्।

Metro Mart
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रदेशको नामकरणका लागि ‘जानकी’ पेस गरेको छ। जसलाई नेकपा एमालेले पनि समर्थन गरेको छ।

यही अन्तरविरोधका बीच प्रदेश २ को नामकरण विगत ४ वर्षदेखि अडकिएको छ। एक पटक त प्रदेशसभामा नाम र राजधानीका लागि भएको मतदान गरेर टुंगो लगाउने प्रयास पनि विफल भइसकेको छ। एकपटक फेरि प्रदेशसभामा प्रयास सुरु भएको छ तर पुरानै अन्तरविरोध कायमै छन्।

प्रदेशसभामै प्रदेशसभा सदस्यहरुको गैरजिम्मेवार वक्तव्य

प्रदेश २ को प्रदेशसभामा प्रदेशको नामभन्दा अगाडि राजधानीको प्रस्ताव पनि पेस भएको थियो। राजधानीको प्रस्ताव माथिको छलफल समाप्त भएलगत्तै नाममाथिको छलफल पनि भयो। जसमा भाग लिँदै प्रदेश २ को भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिए। उनले प्रदेशसभाको रोस्टमबाट बोल्दै यदि यो प्रदेशको नाम मधेस प्रदेश भएन भने राजधानी जनकपुरधाम पनि हुन दिँदैनौं। उनी यतिमै सीमित भएनन्। उनले भने, ‘तपाईंहरुलाई प्रदेशको नाम मधेस मन पर्दैन भने मलाई पनि जनकपुर मन पर्दैन।’

राज्यमन्त्री यादव गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिइरहँदा ऐतिहासिकतालाई तोडमोड गरेर प्रदेशसभामा आफ्नो मन्तव्य राखिरहेका थिए। उनले बिना कुनै तर्क नेपालको अहिलेको मधेस भू–भागको चर्चा महाभारतमा समेत रहेको दाबी गरे।

प्रकाशित: Dec 27, 2021| 15:45 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।