शनिबार, वैशाख २७, २०८२
  • गृहपृष्ठ
  • भिडियो
  • बिहानी समाचार : माओवादीको महाधिवेशनमा आज के हुँदैछ? आज वर्षा र हिमपात हुने

बिहानी समाचार : माओवादीको महाधिवेशनमा आज के हुँदैछ? आज वर्षा र हिमपात हुने

सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्कियो, दुईको मृत्यु, एक जना घाइते, आज वर्षा र हिमपातको सम्भावना
 |  सोमबार, पुस १२, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

vianetvianet

काठमाडौं- नेकपा माओवादी केन्द्रले आठौं महाधिवेशनअन्तर्गत आज बन्दसत्र चल्ने भएको छ। बिहान ११ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा बन्दसत्र हुनेछ। बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। अध्यक्ष प्रचण्डले प्रतिवेदन पेस गरिसकेपछि छलफलबाट पारित गर्ने कार्यसूची रहेको छ। विधान संशोधनलगायत विषय पनि बन्दसत्रमा छलफलका लागि पेश गरिने छ।

triton college

बन्दसत्रमा करिब १६ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी हुनेछन्। माओवादीको यो महाधिवेशनले १५ पदाधिकारी र केन्द्रीय सदस्य गरी २९९ सदस्यीय केन्द्रीय समिति बनाउनेछ। एक अध्यक्ष र एक वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीको संख्या १५ बनाउने निर्णय माओवादीले गरेको छ।

उच्च अदालतको आदेशसँगै प्रदेश पर्यटन बोर्डद्वारा काम सुरु

पाँच दलिय गठबन्धन नेतृत्वको प्रदेश सरकार गठन लगत्तै खारेज गरिएको प्रदेश पर्यटन बोर्डले उच्च अदालत विराटनगरको आदेशसँगै काम सुरु गरेको छ। 

अन्तिम टुङ्गो नलागेसम्म निवेदकहरूको हकमा नियुक्ति खारेज गर्ने निर्णय कार्यन्वयन नगरी यथास्थितिमा राख्न उच्च अदालतले आदेश दिएपछि बोर्डले काम सुरु गरेको हो। राजेन्द्र राई नेतृत्वको सरकारले गत मंसिर ९ गते प्रदेश पर्यटन बोर्ड खारेज गर्ने निर्णय गरेको थियो।

National life insurance

निर्णय लगत्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा स्थापना गरिएको बोर्डको कार्यालय बन्द गरि साईन वोर्ड पनि फालिएको थियो। तत्कालिन मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले असोज २४ गतेको मन्त्रीपरिषद्को निर्णयबाट नियुक्त ६ सदस्यहरूलाई हटाउँदै प्रदेश सरकारले बोर्ड नै खारेज गरेपछि ऐनको अनुसार गठन भएको संस्था कायम राख्न माग राखी मंसिर २७ गते उच्च अदालतमा बोर्डका तर्फबाट देवी गौतमले निवेदन दिएका थिए।

सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्कियो, दुईको मृत्यु, एक जना घाइते

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-३ पन्चनमा रहेको ८६ मेगावाटको सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किदा दुई जना कामदारको ज्यान गएको छ।

पाइप पड्किदा थप  एक जना घाइते भएको प्रहरीले जनाएको छ। आइतबार दिउँसो ३ बजेतिर फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किएको प्रहरीले जनाएको छ। घटनामा हाइड्रोपावरमा काम गर्ने अछामका २६ वर्षीय सुवास राज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको ज्यान गएको छ। घाइते एक जनालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ। उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।

करिब एक करोड ५० लाखभन्दा बढी बराबरको अवैध सामान  बरामद

जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाका अवधिमा करिब एक करोड ५० लाखभन्दा बढी बराबरको अवैध मालसामान  बरामद गरेको छ। 

बरामद गरेको सामान भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ। प्रहरी टोलीले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गरी उक्त मूल्य बराबरको सामग्री ती कार्यालयलाई बुझाएको हो।

प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गर्ने अभियान सञ्चालन गरिएको जानकारी दिए।

मन्त्रालय र स्थानीय तहमा कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान

बागमती प्रदेश लोकसेवा आयोगले प्रदेश मन्त्रालय र स्थानीय तहमा कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। 

लोकसेवाले सोमबार एक सार्वजनिक सूचना जारी गरेर सहलेखापाल, सर्भे, सिभिल, भेटेरिनरी लगायत पदमा विज्ञापन खोलेको हो। आयोगले २९७ पदका लागि विज्ञापन आह्वान गरेको हो।२ माघभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।

आज वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावका कारण आज पहाडी भेगमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज सोमबार बिहान देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेता पनि दिउँसो पहाडी भेगमा हल्का र तराईका केही क्षेत्रमा छिटफुट वर्षा हुने महाशाखाले जनाएको हो।

सोमबार दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पूर्वानुमान गरिएको छ।

राति पनि पहाड तथा तराईमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। सोमबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रक ५ दशमलब ८ डिग्री सेल्सियस मापन गरिएको छ।

भारतको राजधानी नयाँ दिल्लीमा आजबाट रात्रिकालीन कर्फ्यु

नयाँ दिल्लीमा कोरोना संक्रमणका विरामी बढ्दै गएपछि आजबाट रात्रिकालीन कर्फ्यु जारी गरिएको छ।दिल्ली प्रदेश सरकारले सोमबार राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ। मिडिया रिपोर्टका अनुसार नजिकिंदो नयाँ वर्ष २०२२ को अवसरमा आयोजना हुने भिडभाडयुक्त कार्यक्रमबाट संक्रमण झन् बढी नफैलियोस् भनेर रात्रिकालीन कर्फ्यु लगाइएको हो।

गत २४ घण्टामा नयाँदिल्लीमा कोरोनाका २९० नयाँ संक्रमित फेला परेका थिए। दिल्लीमा सक्रिय संक्रमितको संख्या १ हजार १ सय भन्दा धेरै छ। गत २४ घण्टामा पूरै भारतभर सात हजारभन्दा धेरै नयाँ संक्रमण पुष्टि भएको छ। यो संख्या यसै वर्षको १० जूनपछिकै धेरै हो। 

ईपीएलमा सिटी, आर्सनल र चेल्सीको सानदार जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) मा म्यानचेस्टर सिटी, आर्सनल, चेल्सीले सानदार जित निकालेका छन्।आइतबार राति सम्पन्न खेलमा यी तीन क्लबसँगै टोटेनहम र साउथह्याम्टनले पनि जित दर्ता गरेका छन्। म्यानचेस्टर सिटीको घरेलु मैदानमा सम्पन्न खेलमा उसले लेस्टर सिटीलाई ६-३ गोलअन्तरले हराएको छ।

सिटीका लागि रहिम स्टार्लिङले दुई गोल गरे भने केभिन डिब्रएन, रियाद महरेज, इल्के गुन्डोगन र अमेरिक लापोर्टेले समान १-१ गोल गरे। लेस्टरका लागि म्याडिसन, लुकम्यान र हियान्चोउले समान १-१ गोल गरेका थिए।त्यस्तै, नर्विच सिटीको मैदानमा सम्पन्न खेलमा पाहुना टिम आर्सनलले घरेलु टिमविरुद्ध ५-० गोलको जित निकालेको छ। बुकायो साकाले सुरुआति छैटौं मिनेटमा गोल गर्दै अग्रता दिलाएको आर्सनलले सानदार जित निकालेको हो।


प्रकाशित: Dec 27, 2021| 12:29 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।