शुक्रबार, माघ २, २०८२

ईपीएलमा सिटी, आर्सनल र चेल्सीको सानदार जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) मा म्यानचेस्टर सिटी, आर्सनल, चेल्सीले सानदार जित निकालेका छन्। आइतबार राति सम्पन्न खेलमा यी तीन क्लबसँगै टोटेनहम र साउथह्याम्टनले पनि जित दर्ता गरेका छन्।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल) मा म्यानचेस्टर सिटी, आर्सनल, चेल्सीले सानदार जित निकालेका छन्। आइतबार राति सम्पन्न खेलमा यी तीन क्लबसँगै टोटेनहम र साउथह्याम्टनले पनि जित दर्ता गरेका छन्।

National life

म्यानचेस्टर सिटीको घरेलु मैदानमा सम्पन्न खेलमा उसले लेस्टर सिटीलाई ६–३ गोलअन्तरले हराएको छ। सिटीका लागि रहिम स्टार्लिङले दुई गोल गरे भने केभिन डिब्रएन, रियाद महरेज, इल्के गुन्डोगन र अमेरिक लापोर्टेले समान १–१ गोल गरे।

लेस्टरका लागि म्याडिसन, लुकम्यान र हियान्चोउले समान १–१ गोल गरेका थिए।

त्यस्तै, नर्विच सिटीको मैदानमा सम्पन्न खेलमा पाहुना टिम आर्सनलले घरेलु टिमविरुद्ध ५–० गोलको जित निकालेको छ। बुकायो साकाले सुरुआति छैटौं मिनेटमा गोल गर्दै अग्रता दिलाएको आर्सनलले सानदार जित निकालेको हो।

आर्सनलका लागि केइरन टियर्नीले ४४औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा उसले २–० गोलको अग्रता बनाएको थियो। दोस्रो हाफमा साकाले एक गोल गरे भने स्मिथ रोवे र अलेक्जेन्डर लकाजेटले पनि समान १–१ गोलको योगदान दिए।

Laxmi sunrise bank
kumari

त्यस्तै, जोर्ज जर्गिन्होको दुई गोल सहयोगमा चेल्सीले एस्टन भिल्लामाथि ३–१ गोलको जित निकालेको छ। चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकूले पनि एक गोल गरे। यता चेल्सीकै रिस जेम्सले खेलको २८औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि भने चेल्सीले सुरुआतमा अग्रता भिल्लालाई सुम्पिएको थियो।

तर उसले पहिलो हाफमा बराबरी गर्दै दोस्रो हाफमा जित निकालेको हो।

आइतबार रातिकै खेलमा टोटेनहमले क्रिस्टल प्यालेसविरुद्ध ३–० गोलको जित निकालेको छ भने साउथह्याम्टनले वेस्टहामविरुद्ध ३–२ गोलअन्तरको जित निकालेको छ।

आइतबार रातिको खेलपछि म्याचेस्टर सिटीले तालिकाको शीर्षस्थानमा छ अंकको अग्रता बनाएको छ। ४१ अंकका साथ तेस्रो स्थानमा रहेको चेल्सी पनि सिटी भन्दा छ अंकले नै पछाडि छ। समान ४१ अंक रहेको लिभरपुल दोस्रो स्थानमा छ।

आर्सनल ३५ अंकका साथ चौथो स्थानमा रहँदा टोटेनहम २९ अंकाका साथ पाँचौँ स्थानमा छ। गएराति हार बेहोरेको वेस्ट हाम छैटौं स्थानमा छ भने लेस्टर सिटी, एस्टन भिल्ला र क्रिस्टल प्यालेस क्रमशः नवौं, १०औं र ११औं स्थानमा छन्।

प्रकाशित: Dec 27, 2021| 08:37 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।