काठमाडौं- नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा दलका नेताहरुबीच अमेरिकी अनुदान सम्झौता एमसीसीबारे बहस भएको छ। शनिबारसम्म राष्ट्रिय सम्मेलन गर्ने तयारीमा रहेको माओवादी स्थायी कमिटी बैठकले महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको थियो। महाधिवेशन उद्घाटन समारोहमा डाकिएका नेताहरु एमसीसीको बहसमा उत्रिएका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी नेपालको हितमा भएको बताए। उनले भने, 'एमसीसीको अनुदान सित्तैंमा आएको पैसा हो। सित्तैंमा आएको पैसा चाहिन्न भन्या छ। एमसीसी नेपालको कानुन मान्छु भन्छ तैपनि मान्दैन। राम्रोसँग बुझ्नुपरो बुझ्नुपरो क्या मित्र। त्यसकारण यो विषयमा हामी छलफल गरेर अघि बढ्छौँ।'
माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे प्रधानमन्त्रीले "आफ्नो विचार" प्रस्तुत गरेको बताए। दाहालले भने, 'उहाँले आफ्नो विचार भन्नुभयो, त्यो स्वतन्त्रता उहाँलाई छ।' उनले दलहरूबीच सहमति नभई एमसीसी अघि नबढ्ने बताएका थिए। उनले प्रधानमन्त्रीतर्फ संकेत गर्दै भने, 'हामी छलफल गर्दैछौँ। छलफल गरेर हामी समझदारी बनाउँछौँ पनि भन्नुभयो। त्यो पनि ठूलो कुरा भन्नुभयो।'
पूर्वाधार विकासका मामलामा हामी एक ठाउँमा उभिन सक्छौँ। बलियो पूर्वाधारले कम्युनिजम ल्याउन अवरोध खडा गर्दैन हामी पूर्वाधार विकासका योजनामा किन विमति राख्ने?'
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय मुद्दामा जनताको सुझावका आधारमा दलहरू अघि बढ्नुपर्ने बताए। तर उनले एमसीसीबारे केही बताएनन्। उनले भने, 'मूल कुरामा सहमति भए बाँकी कुरा थाती राखेर जान पनि सकिन्छ।'
एमाले महासचिव शंकर पोखरेलले भने राष्ट्रियता, स्वाधीनता र परराष्ट्र नीतिमा नेपालका दलहरू एक ठाउँमा उभिन नसके देश नियन्त्रित अस्थिरताको सिकार हुनसक्ने खतरा रहेको बताए। उनले भने, 'पूर्वाधार विकासका मामलामा हामी एक ठाउँमा उभिन सक्छौँ। बलियो पूर्वाधारले कम्युनिजम ल्याउन अवरोध खडा गर्दैन हामी पूर्वाधार विकासका योजनामा किन विमति राख्ने?'
नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले माओवादी अधिवेशनले एमसीसी सम्झौता खारेज र गुमेका नेपाली भूमि फिर्ता लिने पहल अघि बढाए आफ्नो दलसँग पार्टी एकीकरणको बाटो खुल्ने सर्त अघि सारे।