शुक्रबार, माघ २, २०८२

राष्ट्रिय फुल कन्ट्याक्ट कराते सुरु

नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १७औं राष्ट्रिय पुरुष तौल समूह तथा १६औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबारदेखि सुरु भएको छ।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

काठमाडौं- नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १७औं राष्ट्रिय पुरुष तौल समूह तथा १६औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता सुरु भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबारदेखि प्रतियोगिता सुरु भएको छ।

National life

पहिलो दिन पुरुष ७५ केजीमाथि नेपाल आर्मीका सनीसिंह सुनारले सो क्योकुसिनका सुजन घले, केन्द्रीय डोजोका प्रेम लामाले केडब्लुडब्लुका सरोज श्रेष्ठ, आइकेकेएफका विवेककुमार मेहताले लुम्बिनी डोजोका आनन पुर्जा र आर्मीका विकास गुरुङले सो क्योकुसिनका विवेन्द्र राईलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे।

पुरुष ७५ केजी मुनि आर्मीका मनोज थपलिया, आईकेकेएफका थमप्रकाश खड्का, सो क्योकुसिनका सतल लामा र लुम्बिनीका दिलिप यादवले सेमिफाइनल यात्रा तय गरे। पुरुष ६० केजीमुनि केडब्लुडब्लुका होमबहादुर राई, आईकेकेएफका निरज थापा र युवराज मोक्तान, आर्मीका भूपेन्द्र ओली, सुनिल कुँवर र छविलाल खड्का, सो क्योकुसिनका सुजन पाख्रिन र आइकेएका सन्जेश तामाङले क्वाटरफाइनलमा स्थान बनाए।

महिला खुलामा आर्मीकी मन्जु विक, पत्रिका चन्द र शान्ति थापा मगर, केडब्लुडब्लुका रोजिना भुजेल र करिष्मा कार्की, आईकेकेएफका चन्द्रकुमारी भुजेल र पुनम लामा तथा सो क्योकुसिनकी शिवानी श्रेष्ठ क्वाटरफाइनलमा प्रवेश गरे।

प्रतियोगिताको राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष पशुपतिशम्शेर जबराले उद्घाटन गर्दै नेपाली मार्सल आर्टले अन्तर्राष्ट्रिय जगतमा छुट्टै पहिचान बनाउन सफल भएको धारणा व्यक्त गरे। आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले प्रतियोगिताबाट प्रतिभाशाली खेलाडीको पहिचान गरी संघकै खर्चमा बन्द प्रशिक्षणमा राखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन पहल गर्ने प्रतिबद्धता जनाए।

Laxmi sunrise bank
kumari

प्रतियोगिताको पुरुषमा ३ र महिलामा १ गरी जम्मा ४ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ। आर्मी र सातै प्रदेशबाट ८० पुरुष र ३५ महिला खेलाडी सहभागी प्रतियोगिता आइतबार सम्पन्न हुने छ।

मनीष च्याम्पियन

जिमखाना क्लबका मनीष लामिछाने फ्रेन्डसिप वेल्फेयर मुवाँथाइ प्रो फाइटअन्तर्गत एमेच्योरको पुरुष ८० केजीमा च्याम्पियन बनेका छन्। उनले केन्द्रीय क्लबका अर्जुन तिमल्सिनालाई पराजित गरे। सोही स्पर्धाको महिला ५० केजीमा जिमखानाकी परिका बतासले सुकेधाराकी स्मृति सुनुवारलाई हराइन्।

सेमी प्रोको पुरुष ५० केजीमा सुकेधाराका अमित बोहराले कपन क्लबका प्रिन्स दुलाल तथा ७० केजीमा सुकेधाराका नारायण श्रेष्ठले केन्द्रीयका राजेश कुँवरलाई पाखा लगाए।

प्रोफेसनलको पुरुष ५० केजीमा सुकेधाराका यमन मोक्तानले फ्रेन्डसिप क्लबका सुजन बस्नेत, ५५ केजीमा गोकर्णेश्वर क्लबका क्रितिन श्रेष्ठले फ्रेन्डसिपका कुडोस प्रसाईं, ५६ केजीमा सुकेधाराका प्रवीण राईले गोकर्णेश्वरका दावा फुन्जो शेर्पा तथा अर्को ५५ केजीमा गोकर्णेश्वरका लाक्पा तामाङले केन्द्रीयका मनोज राना मगरलाई पन्छाए।

कलंकीस्थित जनपथ माविमा भएको एकदिने प्रतियोगिताका विजेतालाई नेपाल राष्ट्रिय मुवाँथाइ संघ नेपालका अध्यक्ष गणेशलाल कक्षपतिलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। प्रतियोगिता फ्रेन्डसिप मुवाँथा क्लबको आयोजनामा भएको हो।

प्रकाशित: Dec 26, 2021| 20:46 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।