आइतबार, असार २१, २०८३

श्रीलंकासँग नेपाल ६० रनले पराजित

टस जितेर ब्याटिङ राजेको श्रीलंकाले पुरा ओभर खेल्दै चार विकेटको क्षतिमा ३२२ रन बनाएको थियो। जवाफमा नेपालले ४७ ओभर पाँच बल खेल्दै सम्पूर्ण विकेट गुमाएर २६२ रनमा समेटियो।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

काठमाडौं- यू १९ एसिया कप क्रिकेटमा श्रीलंकासँग नेपाल ६० रनले पराजित भएको छ। युएईस्थित सारजाह रंगशालामा आइतबार सम्पन्न खेलमा नेपालले श्रीलंकासँग हार बेहोरेको हो। यससँगै नेपालले लगातार दोस्रो हार बेहोरेको छ।

टस जितेर ब्याटिङ राजेको श्रीलंकाले पुरा ओभर खेल्दै चार विकेटको क्षतिमा ३२२ रन बनाएको थियो। जवाफमा नेपालले ४७ ओभर पाँच बल खेल्दै सम्पूर्ण विकेट गुमाएर २६२ रनमा समेटियो।

श्रीलंकाका लागि चमिन्दू विक्रमसिंगेले १११ रन बनाए भने सदिशा राजापक्षले १३१ रन बनाए। नेपालका मोहम्मद अदिल आलमले दुई विकेट लिए भने कप्तान देवा खनाल र विवेक यादवले पनि एक विकेट गिराए।

जवाफी ब्याटिङमा नेपालका सन्तोष कार्कीले ३४, देव खनालले २८ रन बनाए भने अर्जुन साउँदले ६४ र बसिर अहमदले ४३ रन बनाए। साउँद र अहमदले ७५ रनको साझेदारी गरेका थिए। साउँद रनआउट भएका थिए।

विवेक यादवले ४६ रन बनाउँदा गुल्सन झा १३ रनमै आउट भए।

त्यसक्रममा रविन डी सिल्वा र मथिशा पथिराना ले समान तीनतीन विकेट लिए भने डुनिथ वेल्लालागे र शेवो ड्यानियलले एकएक विकेट लिए।

नेपालले तेस्रो खेल डिसेम्बर २८ मा कुवेतसँग खेल्नेछ।

प्रकाशित: Dec 26, 2021| 20:33 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।