शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • ५ दिने माओवादी महाधिवेशन सुरु, प्रधानन्यायाधीशको सम्पत्ति छानबिन माग [२०७८-९-११]

५ दिने माओवादी महाधिवेशन सुरु, प्रधानन्यायाधीशको सम्पत्ति छानबिन माग [२०७८-९-११]

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

माओवादी महाधिवेशन सुरु 

triton college

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ। प्रज्ञाभवनमा आयोजित महाधिवेशनमा नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन्। 

उनीहरुले संविधानबाट प्राप्त उपलब्धीको रक्षा गर्नका निम्ति माओवादी नयाँ विचार निर्माण गर्न सफल होस भनेर शुभकामना दिएका छन्। महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्र्दै प्रधानमन्त्री देउवाले नेपालको राजनीतिक परिवर्तमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ठूलो योगदान गरेको बताए। दाहालकै अगुवाइमा संविधान सभाको चुनाव भएको र संविधान बनेको उनले बताए। उनले गठबन्धन कसैका विरुद्धमा नपाएको पनि स्पष्ट पारे। संसद् बचाउनकै लागि गठबन्धन सरकार बनेको प्रधानमन्त्री देउवाले बताए। गठबन्धन पुरै समय चल्ने समेत उनले बताए। 

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले इतिहास अघि बढिसकेको भन्दै अब पछाडि फर्कने कुनै सम्भावना नरहेको प्रस्ट पारेका छन्। नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले अब मुलुकमा कुनै व्यक्ति वा वंशको तानाशाही स्वीकार्य हुन नसक्ने बताए। नयाँ नेपाल निर्माण गर्ने मान्यता र विचार के हुन् भन्नेबारेमा दलहरु बीच छलफल गर्न जरुरी रहेको उनले औँल्याए। राजतन्त्र अन्त्य, गणतन्त्र स्थापना, संघीयता, धर्मनिरपेक्षतालाई जोगाउन दलहरू एकै ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए।

एमाले महासचिव शंखर पोखरेलले नेपालको वामपन्थी आन्दोलन सही दिशामा नभएको टिप्पणी गरेका छन्। नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिदैं पोखरेलले कार्यनीतिमा देखिएको भिन्न मतका कारण वामपन्थी आन्दोलन गलत दिशामा गएको बताएका हुन्। उनले अघिल्लो आम निर्वाचनमा एमाले र माओवादी मिलेर जनताको विश्वास जितेपनि एकता जोगाउन नसकिएको बताए। उनले आफूलाई यो एकता जोगाउन नसकेकोमा पछुतो रहेको भन्दै अब कसरी अघि बढ्ने हो त्यसमा केन्द्रित हुनुपर्नेमा जोड दिए। 

Metro Mart
vianet

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संसद अवरुद्ध गरेर केही प्राप्त नहुने बताएका छन्। अब एमालेले आफ्नो हठ त्यागेर संसदको अवरोध हटाउँदै सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्नेमा उनले जोड दिए। जसपा अध्यक्ष यादवले दिपावली गर्नेहरुको मात्र होइन, ब्ल्याक आउट गर्नेहरुको पनि अपनत्व दिलाउन संविधान संशोधन गर्नुपर्ने बताए। जसपा अध्यक्ष यादवले संघीय गणतन्त्रको विकल्प अरु कुनै तन्त्र हुन नसक्ने बताए।

उद्घाटन समारोहमा प्रधानमन्त्री देउवा, नेकपा (एमाले)का महासचिव पोखरेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलसहितका राजनीतिक दलका शिर्ष नेताहरु उपस्थित भएका थिए। 

माओवादीमा १५ पदाधिकारी बनाउने प्रस्ताव 

नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकले १५ जनाको पदाधिकारी संख्या बनाउने प्रस्ताव गरेको छ। आइतवार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले आइतवारदेखि सुरु हुन लागेको आठौँ राष्ट्रिय सम्मेलनमा पार्टीको पदाधिकारी संख्या १५ जना बनाउने प्रस्ताव गरेको हो। 

जसमा १ जना अध्यक्ष, १ जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव, ३ जना सचिव र १ जना कोषाध्यक्ष रहने प्रस्ताव गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। उनले केन्द्रीय कमिटीको फर्मेशन क्लष्टर अनुसार नै गर्ने निर्णय गरिएको पनि बताए।

आइतवारदेखि सुरु भएको महाधिवेशन ३ दिनसम्म चल्ने तय गरिएको भएपनि ५ दिनसम्म जानसक्ने प्रवक्ता महराले बताए। महाधिवेशनमा देशभरबाट करिव १ हजार ६०० प्रतिनिधिहरु सहभागी भएका छन। ५ दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व पनि चयन गर्नेछ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोहोरिने करिब निश्चिित भए पनि महासचिवसहित अन्य पदमा भने  पेचिलो प्रतिस्र्धा हुने देखिएको छ। सहमति नभए निर्वाचनमा जानु पर्नेमा युवा नेताहरुले जोड दिएका छन्। 

'ओली-प्रचण्ड दुवै दलाल'

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) ले पुष्पकमल दहाल (प्रचण्ड) र केपी शर्मा ओलीलाई प्रतिक्रियावादी दलालको संज्ञा दिएका छन्। 

माओ दिवसको अवसरमा महासचिव वैद्यले प्रचण्ड र ओलीलाई प्रतिक्रियावादका दलालको संज्ञा दिएका हुन्। उनले कम्युनिष्ट पार्टीको स्थापना भएदेखि यता थुप्रै संघर्षहरु भए पनि शुरुमा भएका क्रान्तिकारीहरु पछि गएर बिग्रिएको बताए। उनले यस्ता घटनाहरुको व्याख्या नगरी अघि बढ्न नसकिने भन्दै अहिले नेपालमा सच्चा कम्युनिष्ट को हो भन्ने प्रश्न खडा भएको बताए। महासचिव वैद्यले अहिले प्रचण्ड आफूलाई क्रान्तिकारी भनिरहेको भन्दै प्रचण्डले माओवाद पहिले नै छोडिसकेको दाबी गरे। 

महासचिव वैद्यले माक्सवाद, लेनिनवाद, माओवाद मात्र भनेर नहुने भन्दै त्यसले भनेअनुसारको राजनीतिक कार्यदिशा बनाउनु पर्नेमा जोड दिए।

प्रन्या राणाको सम्पत्ति छानबिन गर्न माग

वृहत नागरिक आन्दोलनका अगुवाहरुले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको सम्पत्ति छानबिन गर्न माग गरेका छन्। वृहत नागरिक आन्दोलनका अगुवा प्रा.डा. गोविन्द केसीसहितको टिमले प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा ज्ञापनपत्र बुझाएको हो।

उनीहरुले प्रधानन्यायाधीश जबराले भाई, धर्मपत्नी, परिवारका अन्य सदस्य एवं नातेदार, उन निकट न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, व्यापारी एवं पेशेवरहरुको सहयोगमा भ्रष्टाचार गरेको आरोपसमेत लगाएका छन्। 

विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै नागरिक आन्दोलनका अगुवासमेत रहेका डा. केसीले शक्तिको आडमा भ्रष्टाचार गरेर अकूत सम्पत्ति आर्जन गरी अस्वभाविक जीवनशैली देखाएका प्रधानन्यायाधीशको सम्पत्ती अपरादर्शी देखिएकोले छानबिनको माग गरेको बताएका छन्। 

ज्ञापनपत्र बुझाएपछि अधिवक्ता ओमप्रकाश अर्यालले विभागले यसको निचोड दिनुपर्ने बताए। प्रधानन्यायाधीश जबरामाथि लगाइएका आरोपहरु तथ्यपरक ढंगले र प्रचुर प्रमाणहरुसहित आइरहेकोले छानबिनको विकल्प नरहेको बताए। 

प्रधानन्यायाधीश जबराको सम्पत्ति शुद्धिकरणको माग गर्दै कानून व्यवासायी तथा नागरिक आन्दोलनका अगुवाहरुले विभागलाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्र लिँदै विभागका महानिर्देशक भट्टराईले प्रधानन्यायाधीशबिरुद्धको सम्पत्ति शुद्धिकरणको प्रक्रिया अघि बढ्ने बताए।  

उता प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आफ्नो आन्दोलन जारी राखेको छ। 

आईतवार पनि सर्वोच्च अदालत परिसरमा बारले प्रधानन्यायाधीश समशेरको राजीनामा माग गर्दै आन्दोलन गरेको हो। आन्दोलनपछि सञ्चारकर्मीहरुसँग बोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले स्वतन्त्र र स्वच्छ न्यायपालिका मानवअधिकारको मेरुदण्ड भएकोले न्यायपालिकाभित्र विकृति, विसंगति हुन नहुने बताए। उनले न्यायपालिकाभित्र विकृति, विसंगति तथा अनियमितता, भ्रष्टाचार र विचौलियाहरुले प्रवेश पाएको र प्रभाव बढ्दै गएको कारण न्यायपालिकाको स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको समेत बताए। 

सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश जबरा र परिवारको सम्पत्ती शुद्धिकरणका लागि नेताहरु सम्पत्ती शुद्धिकरण कार्यालयमा जाने तयारीमा रहेको बताए।

प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीहरुसहित कानून व्यवसायीहरुले कार्तिक १४ गतेदेखि हातमा कालोपट्टी बाँधेर बिरोध पदर्शन गर्दै आएका छन्। 

२१९ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ। 

देशभरमा एन्टिजिन र पीसीआर विधिबाट गरी ९ हजार ६७७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो। यस्तै २८३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यससँगै हाल सक्रिय संक्रमितको संख्या ४९०६ कायम भएको छ। पछिल्ला २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८५ जना पुगेको मन्त्रालयले जनाएको छ।

सेयरमा उल्लास

साताको पहिलो दिन आइतबार शेयर बजारमा उल्लास देखिएको छ। शेयर बजारमा राम्रो वृद्धि हुँदा नेप्से परिसूचक २६ सय नजिक पुगेको छ भने कारोबार रकममा पनि सुधार भएको छ। 

शेयर कारोबार मापक नेप्से परिसूचक ७१ दशमलव २१ अंकले बढेर २ हजार ५ सय ९१ दशमलव ४२ अंकमा पुगेको छ। शेयर कारोबार रकम पनि ५ अर्ब माथि पुगेको छ। 

दिनभर भएका ८६ लाख १ हजार ९ सय ५६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ। आइतबार ३० वटा बिमा कम्पनीहरुको शेयर मूल्य सर्किट लेभलमा नै कारोबार भएको छ। 

वन नियमावलीविरुद्ध आन्दोलन घोषणा

सामुदायिक वन उपाभोक्ता महासंघ नेपालले समुदायको अधिकार कटौती गर्ने गरी सरकारले तयार पारेको वन नियमावली २०७८ विरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ। महासंघले आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गरी संघिय तथा प्रदेश सरकारले वन ऐन २०७६ विपरितका व्यवस्थाहरु समावेश गराएर सामुदायिक वन हस्तक्षेप गर्ने गरी समुदायको अधिकार कटौती गर्ने गरी वन नियमावली २०७८ तयारी परिएको भन्दै त्यसका विरुद्ध आन्दोलन गर्ने घोषणा गरेको हो। 

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष भारती पाठकले सरकारले समुदायले प्रयोग गर्दै आएको सामुदायिक वनको अधिकार कटौटी गरेको बताए। उनले प्रदेश र संघिय सरकारले तयार पारेको वन नियमावली २०७८ मा समुदायको अधिकार कटौती गर्दा स्थानिय समुदाय वन जोगाउन भन्दा पनि वन जागाएर गरिव जनताले के पाउछौं भन्ने अवस्था आएको बताइन्। अध्यक्ष पाठकले जनतामा वन जोगाउने ऊर्जा  नियमावलीले थप्नु पर्ने ठाँउ उल्टो ऊर्जा घटाएको टिप्प्णी गरिन्। 

महासंघले सरकारले बनाउन लागेको वन नियमावली जन पक्षिय नभएकाले अहिले व्यवस्था गर्न लागेको नयाँ व्यवस्था तत्काल खारेज गर्नु पर्ने माग राखेको छ। महासंघ वन ऐन २०७६ विपरित व्यवस्थाहरु खारेज नरेसम्म यो पुस महिना भरी आन्दोलन गर्ने घोषणा गरेको छ। 

क्यान इन्फोटेक माघ १८ देखि

कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले माघ १८ देखि २३ गतेसम्म क्यान इन्फोटेक–२०२२ आयोजना गर्ने भएको छ। महासंघले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौंको भृकुटीमण्डपमा माघ १८ देखि २३ गतेसम्म क्यान इन्फोटेक–२०२२ आयोजना गर्ने भएको हो।

पत्रकार सम्मेलनमा बोल्दै कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघका अध्यक्ष नवराज कुवरले गत वर्षको कोरोना महामारीको कारण इन्फोटेक गर्न नपाएको बताए। उनले गत वर्षको निरन्तरता स्वरुप इन्फोटेक–२०२२ लाई विशेष बनाउन खोजेको बताए। अध्यक्ष कुवरले यो वर्ष इन्फोटेक–२०२२ मा अन्य विभिन्न क्षेत्रलाई समेत समेटिएकाले इन्फोटेकको २७ औं संस्करण अवलोकन गर्न आउनेलाई हेर्न लायक बनाउने बताउनु भयो। उनले इन्फोटेकमा होटल महासंघसँगको सहकार्यमा फुटका स्टलहरु पनि राखिने बताए। 

इन्फोटेकको २७ औं संस्करण माघ १८ गतेबाट सुरु भएर २३ गते ६ दिनसम्म चल्ने छ। इन्फोटेक प्रदर्शनीको लागि पुस १३ गतेदेखि बुकिङ खुल्ला हुने भएको छ। क्यान इन्फोटेकको २०२२ मा ३ लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरेको छ।

विहार विस्फोटमा ६ जनाको मृत्यु

भारतको बिहार राज्यमा खाद्यान्न प्रशोधन गर्ने कारखानाभित्रको बोयलर विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ।

अन्य सातजना घाइते भएको अधिकारीले बताएका छन्। प्रदेशको राजधानी पटनाबाट ७१ किलोमिटर उत्तरमा रहेको मुजफ्फरपुर जिल्लामा रहेको चाउचाउ बनाउने कारखानाभित्र विस्फोट भएको थियो। उद्धारका प्रयास भइरहेको र भग्नावशेषमा हराइरहेकाको खोजी भइरहेको मुजफ्फरपुरका जिल्ला मजिस्ट्रेट प्रवण कुमारले बताएका छन्।

विस्फोटपछि उद्धारकर्ता र दमकललाई घटनास्थलमा खटाइएको थियो। घटनाको अनुसन्धान भइरहेको छ। विस्फोट यति भीषण थियो कि यस क्षेत्रको छेउछाउका कारखानामा समेत क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन्।

सेन्ट्रल जोनको फाइनलमा नेपाली महिला

नेपालको महिला भलिबल टोली बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा पुगेको छ। 

ढाकामा आइतबार उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो। साविक विजेता समेत रहेको नेपालले उज्वेकिस्तानमाथि २५–२०,२५–२३ र २५–१४ को जित निकाल्यो। नेपालको यो लगातार चौंथो जित हो। यस अघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ सेटमा हराएको थियो। दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० र तेस्रो खेलमा बंगलादेशलाई ३–० को सेटमा हराएको थियो। नेपालले ४ खेलमा ११ अंक जोडेको छ।

नेपाल शीर्ष स्थानमा समेत उक्लिएको छ।उज्वेकिस्तानको ९ अंक रहेको छ। उज्वेकिस्तानको समेत फाइनल पुग्ने सम्भावना रहेको छ। नेपालले अन्तिम खेलमा सोमबार किर्गिस्तानको सामना गर्नेछ।


प्रकाशित: Dec 26, 2021| 20:20 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।