शुक्रबार, कात्तिक २८, २०८२

'मुन्द्रेको कमेडी क्लब' दिनेश डिसीको निर्देशनमा आउँदै

हास्यकलाकार जितु नेपाल प्रस्तोता रहेको ‘मुन्द्रेको कमेडी क्लब’ पुनः प्रशारणमा आउने भएको छ।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– हास्यकलाकार जितु नेपाल प्रस्तोता रहेको ‘मुन्द्रेको कमेडी क्लब’ पुनः प्रशारणमा आउने भएको छ। केही समययता रोकिएको कार्यक्रमलाई नयाँ सेटअपका साथ सञ्चारकर्मी तथा कलाकार–ؘनिर्देशक दिनेश डिसीले निर्देशन गर्दैछन्।

नेपालले फेसबुकमा लेखेका छन्, ‘मुन्द्रेको कमेडी क्लब पुनः प्रसारण होस् भन्ने धेरैको चाहना रहेकोले फेरि आफ्नो कर्मतिर लाग्दैछु । हिजोका केही कमी कमजोरीहरुलाई हटाउँदै नयाँ जोश जाँगर र उत्साह सहित आउन लागेको छु। केही नयाँ अनुहार, नयाँ सेटअप र मनोरञ्जनका नयाँ प्रयोग सहित, मेरो आदरणीय गुरु दिनेश डीसी दाइको निर्देशनमा तयार गरिने अबका भागहरु अवश्य हजुरहरुलाई मनोरञ्जन दिन सफल हुनेछ भन्ने विश्वास लिएको छु । क्लबमा सहभागी हुने नयाँ पात्रहरु, प्रसारण हुने टेलिभिजन, मिति र समय चाँडै नै एक कार्यक्रमका बीच सार्वजनिक गर्नेछौं।’


प्रकाशित: Dec 26, 2021| 15:58 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्