बिहीबार, भदौ ४, २०८३

माओवादीको महाधिवेशनमा एमाले महासचिव शंकर पोखरेल सहभागी हुने

नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन आइतबार दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु हुँदैछ।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन आइतबार दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु हुँदैछ। माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रूपान्तरण गरेको हो।

महाधिवेशनलाई शुभकामना दिन माओवादी केन्द्रले विभिन्न दलका अध्यक्षलाई निम्ता दिएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोन नै गरेर एमाले अध्यक्ष केपी ओलीलाई महाधिवेशनमा निम्तो दिएका थिए। तर, पहिले नै निर्धारित पार्टीको कार्यक्रमले झापामा रहेकाले ओलीले आफू आउन नसक्ने महासचिव शंकर पोखरेललाई पठाउने जानकारी दिएका थिए।

माओवादी केन्द्रको महाधिवेशनमा एमालेबाट महासचिव पोखरेल अतिथिका रूपमा जाने भएका छन्। एमालेको दशौं महाधिवेशनमा माओवादी केन्द्रबाट लीलामणि पोखरेल गएका थिए।

प्रकाशित: Dec 26, 2021| 12:54 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...