काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा अतिथिको रूपमा आइदिन आग्रह गरेका छन्।
आज बिहान ओलीलाई प्रचण्डले आफैले फोन गरेर महाधिवेशनमा सहभागी भई दिन निम्ता गरेका हुन्। नेपाल कम्युनिस्ट पार्टीको विभाजनपछि दुई नेताको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएको छ। एमालेको महाधिवेशनमा प्रचण्डलाई निम्ता गरे पनि उनी सहभागी भएका थिएनन्।