सोमबार, जेठ १५, २०८०

मुन्द्रेको कमेडी क्लब पुनः सञ्चालन हुने

कलाकार जितु नेपालको हास्य रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ पुनः सञ्चालन हुने भएको छ।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

काठमाडौं- कलाकार जितु नेपालको हास्य रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ पुनः सञ्चालन हुने भएको छ। दिनेश डिसीको निर्देशनमा तयार कार्यक्रम केही दिनमै सञ्चालनमा ल्याइने कलाकार नेपालले जानकारी दिएका छन्।

Everest Bank

जितु नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत पुनः मुन्द्रेको कमेडी क्लब सञ्चालन हुने बारे जानकारी गराएका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'मुन्द्रेको कमेडी क्लब पुनः प्रसारण होस भन्ने धेरैको चाहना रहेकोले फेरि आफ्नो कर्म तिर लाग्दै छु। हिजोका केही  कमीकमजोरीहरूलाई हटाउँदै नयाँ जोस, जाँगर र उत्साहसहित आउन लागेका छु। केही नयाँ अनुहार, नयाँ सेटअप र मनोरञ्जनका नयाँ प्रयोगसहित मेरो आदरणीय गुरु दिनेश डिसी दाइको निर्देशनमा तयार गरिने अबका भागहरू अवश्य हजुरहरूलाई मनोरञ्जन दिन सफल हुनेछ भन्ने विश्वास लिएका छु।'

उनले क्लबमा सहभागी हुने नयाँ पात्रहरू, प्रसारण हुने टेलिभिजन, मिति र समय चाँडै नै एक कार्यक्रमबीच सार्वजनिक गर्ने बताएका छन्। 'सबै आदरणीय दर्शकहरू बाट पाई रहेको माया साथ र हौसला निरन्तर  मिल्नेछ भन्ने आशा लिएका छु। "मुन्द्रे" केही आत्तिएला तर मात्तिने छैन। मुन्द्रेले धेरै हँसाउन, न सक्ला तर रुवाउने छैन। मुन्द्रेले धेरै राम्रो गर्न न सक्ला, तर न राम्रो गर्ने छैन,' उनले भनेका छन्।

नेपालले सुरुवातदेखि टिममा रहेका कलाकार उमेश राई (फुलन्देकी आमा) खबर नै नगरी अर्को सोमा होस्ट बन्न गएपछि ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गर्न लागिएको बताएका थिए। ५४औं एपिसोड पुगिसकेको सो नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको थियो। त्यसपछि उक्त सो बन्द हुन पुगेको थियो।

प्रकाशित: Dec 26, 2021| 09:42. 17 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

निर्माण सकिएको पाँच वर्षपछि प्रदर्शन हुँदै ‘नीरफूल’

चलचित्रमा भूकम्प, त्यसपछि निम्तिने परिस्थिति, नागरिकले भोग्ने सास्तीलगायत विषय समेटिएका छन्। 

गुलजार भन्छन् – रहर मर्नु भनेको बाँच्न छोड्नु हो

मान्छे बाँचुन्जेलसम्म मनमा थुप्रै रहरहरु लिएर बाँचेको हुन्छ। कुनै पनि रहर सकिएको हुँदैन। रहरहरु मर्नु भनेको बाँच्न छोड्नु हो।