मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

शवयात्रासहित एसएसपी यादवको त्रिवेणीमा अन्त्येष्टि

संघीय प्रहरी इकाई कार्यालय लुम्बिनीका प्रमुख एसएसपी सुशील कुमार यादवको गृहजिल्ला नवलपरासीमा शवयात्रा सहित अन्त्येष्टि गरिएको छ।
 |  शनिबार, पुस १०, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस १०, २०७८

बुटवल– संघीय प्रहरी इकाई कार्यालय लुम्बिनीका प्रमुख एसएसपी सुशील कुमार यादवको गृहजिल्ला नवलपरासीमा शवयात्रा सहित अन्त्येष्टि गरिएको छ।

triton college

नवलपरासी पश्चिमको त्रिवेणीघाटमा हिन्दू संस्कार अनुसार शनिबार अत्येष्टि गरिएको हो। यादवलाई १५ वर्षिय छोराले दागबत्ती दिएका हुन्। नवलपरासी रामग्राम ५ स्थित घरबाट शवयात्रा गरि त्रिवेणीघाट शव लगिएको थियो। 

यादवको अन्तिम यात्रामा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रकाश अधिकारी लगायत उच्च सुरक्षा अधिकारीका साथै नगरवासी एवम् आफन्तको सहभागिता रहेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले जानकारी दिए। यादव शुक्रबार भैरहवा स्थित सरकारी क्वाटरमा झुन्डिएको अवस्थामा फेला परेका थिए। संघीय प्रहरी इकाइ कार्यालयका प्रमुख रहेका यादवको अबेर राति भैरहवा स्थित भिम अस्प्तालमा शव पोष्टमार्टमपछि परिवारले शनिबार शव बुुझेका हुन्।

घटना विहान १० देखि १२ बजेको विचमा भएपनि मृतक एसएसपिका श्रीमती रुपम कुमारी यादव करिब ६ बजे आएपछि मात्रै घटनास्थलको मुचुल्का गरिएको थियो। सबै प्रकृया पु¥याएर राती नै शवको पोस्टमार्टम गरिएको थियो।  घटनास्थलमा गृहमन्त्री बालकृष्ण खाण समेत  पुगेका थिए । गृहमन्त्री खाँणले उच्च पदस्थ अधिकारीको झुन्डिएको अवस्थामा शव भेटिएकाले सुुक्ष्म अनुसन्धान गर्न निर्देशन दिएका थिए। 

मृतक यादव संघीय प्रहरी इकाई लुम्बिनीका प्रमुख भएपनि जिल्लामा घटना भएकाले रुपन्देही प्रहरीले मुद्धा चलाउने भएको छ। घटनास्थल रुपन्देही प्रहरीको क्षेत्रमा पर्ने भएकाले मुद्धा रुपन्देही प्रहरीले नै गर्ने लुम्बिनी प्रदेशका प्रकाश अधिकारीले बताए। घटनाको अनुसन्धानका लागि माथिल्लो निकायबाट कुनै उच्चस्तरीय टोलीको गठन भने भइसकेको छैन। आफ्नो सहकर्मीहरु माथिल्लो तहमा पुुग्दा पनि बढुवा नभएको भन्दै यादव असन्तुष्ट थिए। यद्यपि असन्तुष्टिसँगै प्रहरीको विभागिय कारवाहीमा समेत परेकाले त्यसको मनौबैज्ञानिक असरले यादव डिप्रेसनमा गएको चर्चा चलेको छ । प्रहरीले अनुुसन्धानलाई सुुक्ष्म रुपमा अघि बढाएको बताएको छ ।  

Metro Mart
vianet

नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ५ इमलीटोल निवासी मृतक यादवका श्रीमती र एक छोरा रहेका छन्। 

प्रकाशित: Dec 25, 2021| 18:06 शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।