मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

एसएसपी यादव मृत्यु प्रकरण : न्यूनतम सूचना पनि दिँदैन प्रहरी

'क्वार्टरभित्र शव भेटिएको छ, भित्र हामी पसेका छैनौं, उहाँ (यादव) को परिवारका सदस्य आएपछि क्वार्टरमा जान्छौं,’ केसीले भने। यादव कुन अवस्थामा मृत भेटिए भन्‍नेबारे प्रहरी कार्यालयले कुनै जानकारी दिएको छैन।
 |  शुक्रबार, पुस ९, २०७८
nespernesper

विनोद परियार

विनोद परियार

शुक्रबार, पुस ९, २०७८

बुटवल- संघीय प्रहरी एकाइ लुम्बिनी (पुरानो लुम्बिनी अञ्‍चल प्रहरी) का वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव भैरहवास्थित सरकारी निवासभित्र मृत भेटिएपछि प्रहरी संगठनमा तरंग पैदा गराइदिएको छ। नागरिकको सुरक्षाका लागि खटिने प्रहरीका उच्च अधिकारी आफैं क्‍वार्टरमा मृत भेटिनुलाई प्रहरी संगठनको कमजोरीका रुपमा समेत चर्चा गर्न थालिएको छ।

triton college

यादवको शव झुन्डिएको अवस्थामा फेला परेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले बताए। मिजासिलो स्वभावका यादवले 'आत्महत्या’ गरेको भनेर उनीसँगै काम गर्नेहरुले विश्वास गरेका छैनन्। 

'क्वार्टरभित्र शव भेटिएको छ, भित्र हामी पसेका छैनौं, उहाँ (यादव) को परिवारका सदस्य आएपछि क्वार्टरमा जान्छौं,’ केसीले भने। यादव कुन अवस्थामा मृत भेटिए भन्‍नेबारे प्रहरी कार्यालयले कुनै जानकारी दिएको छैन।

शुक्रबार बिहान १० देखि १२ बजेको बीचमा घटना भएको प्रहरी प्रमुख केसीले बताए। स्रोतका अनुसार यादवलाई खाना खान बोलाउन जाँदा ढोका नखुलेपछि झ्यालबाट हेर्दा झुन्डिएको देखेपछि घटना बाहिरिएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा मध्याह्न १२ बजे सूचना आएको प्रहरी प्रमुख केसीले बताए।

कारण के होला ?  

Metro Mart
vianet

आमनागरिकको सुरक्षा गर्ने उच्चतहको प्रहरी अधिकृतले 'आत्महत्या’ गर्नुको कारणबारे कुनै तथ्य फेला परेको छैन। तर, यादवले बेलाबेलामा बढुवा नभएको भन्दै चिन्ता प्रकट गर्दै आएका थिए। उनी निकटहरुका अनुसार पछिल्लो बढुवाको सूचीमा छुटाइएपछि निराश थिए। प्रहरी प्रधान कार्यालयको एक वर्षअघिको बढुवा सूचीबाट उनको नाम छुटाइएको थियो।

यादव एआईजी विश्वराज पोखरेल र सहकुल थापालगायतको ब्याचमेट हुन्। यादवको अवकाशको मिति नजिकिएको थियो। 'उहाँ पछिल्लो समय दु:खी देखिनु हुन्थ्यो। तर, यादवको व्यवहार भने निकै फरासिलो देखिन्थ्यो। बढुवाकै कारणले मात्रै मृत्युको बाटो रोजेजस्तो त लाग्दैन,’ उनीसँगै विगतमा काम गरेका एक प्रहरी अधिृकतले भने,'अन्य कारण पनि हुनसक्छ, घटना शंकास्पद छ।’

नवलपरासी रामग्राम २ निवासी यादव पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानका भाञ्‍जा हुन्। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल यादवकी सानिमा हुन्। २०४९ सालमा सेवा प्रवेश गरेका उनी ५५ वर्षे उमेर हदका कारण आगामी २०७९ साल माघ १५ गते अवकाश हुने तयारीमा थिए।

प्रहरीले न्यूनतम सूचना पनि दिएन

संघीय प्रहरी एकाइको प्रमुख क्‍वार्टरमा बिहानको समयमा झुन्डिएको अवस्थामा शव भेटिएको खबर बाहिरिएको हो। तर, प्रहरीले आत्महत्या भनेर सूचना दिएको भए पनि कुन अवस्थामा शव भेटियो भन्‍ने जानकारी दिन सकेको छैन। संघीय प्रहरी एकाइ कार्यालयमा पत्रकारलाई प्रवेशमा रोक लगाएको छ।

यादवका मामा प्रधान क्वार्टरमा प्रवेश गरेर बाहिरिए। तर, उनले पनि कुनै प्रतिक्रिया दिएका छैनन्। लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अधिकारीले आफू घटनास्थलतर्फ अझै नपुगेको बताए। 'मृत भेटिएको खबर आएपछि म दाङबाट भैरहवातर्फ आउँदैछु,’ उनले भने।

सामान्य घटनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने प्रहरीले एक उच्चस्तरीय प्रहरी अधिकृत मृत अवस्थामा भेटिँदा जानकारी गराएको छैन। रुपन्देही प्रहरीले काठमाडौंबाट मृतक यादवका श्रीमती आएपछि क्वार्टरभित्र प्रवेश गर्ने र थप अनुसन्धान अघि बढाउने बताएको छ। 

प्रकाशित: Dec 24, 2021| 17:20 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।