काठमाडौं- नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनबाट सभापति पदमा कृष्ण प्रसाद यादव विजयी भएका छन्।
प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवलाई १ सय ४१ मतान्तरले पराजित गर्दै सभापति शेरबहादुर देउवा पक्षका कृष्ण विजयी भएका हुन्। कृष्णले ९ सय ९६ मत पाउँदा विमलेन्द्र निधि र शेखर कोइराला समूहको साथ पाएका रामसरोजले ८ सय ५५ मत पाएका छन्। प्रथम प्रदेश अधिवेशनबाट प्रदेश कार्यसमिति चयनका लागि हिजो विहान ९ बजेर ४० मिनेट देखि साझ ८ बजे सम्म मतदान भएको थियो। सो मतदानमा १ हजार ९३८ मतदाता मध्ये १ हजार ८८१ मत खसेको थियो।
भने बदर मत संख्या ३० रहेको प्रदेश निर्वाचन समितिले जनाएको छ। कांग्रेस निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई निर्वाचित भएको प्रमाण पत्र आज वितरण गरिने
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई निर्वाचित भएको प्रमाण पत्र आज वितरण गरिने भएको छ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पदाधिकारी एवं सदस्यहरुलाई केहि समयपछि प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए। महाधिवेशन अन्तर्गत मतदान भएको ११ दिनपछि बिहीबार सबै पदको मतगणना सकिएर अन्तिम मतपरिणाम सार्वजनिक भएपछि त्यसको भोलिपल्ट प्रमाणपत्र प्रदान गर्न लागिएको हो।
यस्तै आजै सभापति शेरबहादुर देउवाले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका थिए।
१४औँ महाधिवेशनबाट सभापति शेरबहादुर देउवा थप बलियो बन्दै
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट सभापति शेरबहादुर देउवा थप बलियो भएका छन्। अन्तिम नतिजा सार्वजनिक हुँदा पदाधिकारी र केन्द्रीय सदस्य गरी देउवापक्षका १०९ उम्मेदवार विजयी भएका छन्। इतरपक्षबाट जम्मा २३ जनामात्र निर्वाचित भएका छन्।
दुईतिहाइका लागि निर्वाचित केन्द्रीय कार्यसमितिमा ९० जना भए पुग्छ । पदाधिकारीमा मात्रै कुल १३ जनामध्ये देउवाको समूहका ८ जना विजयी भएका छन्। अन्तिम नतिजाअनुसार केन्द्रीय कार्यसमितिमा ८१ दशमलव ३४ प्रतिशत सहित देउवा शक्तिशाली सभापति भएका छन्।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन मुख्य तीन कार्ययोजनामा केन्द्रित हुने
आगामी आइतबार पुष ११ गतेदेखि सुरुहुने माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन मुख्य तीन कार्ययोजनामा केन्द्रित हुने भएको छ। राजनीतिक प्रतिवेदनमाथिको छलफल र अनुमोदन, अन्तरिकम विधान-२०७८ अनुमोदन र केन्द्रिय नेतृत्व चयनमा सम्मेलन केन्द्रित हुने भएको हो।
माओवादी केन्द्रका नेता देव गुरुङका अनुसार राष्ट्रिय सम्मेलनले अबको कार्यदिशाबारे पार्टी अध्यक्ष पुष्पकमल दाहालले लेखेको राजनीतिक प्रतिवेदनमाथि छलफल र अनुमोदन गर्ने कार्यसूची हुनेछ।
दाहालले प्रतिवेदनमार्फत माओवादीबाट अलग भएर गएका नेताहरूलाई फर्कन आग्रह गर्ने भएका छन्। दाहालले समाजवादी क्रान्तिको रणनीतिअन्तर्गत समाजवाद उन्मुख समृद्धिको कार्यनीति अगाडि सार्दै छन्। यस्तै सम्मेलनले अन्तरिम विधान-२०७८ अनुमोदन र विधानअनुसार केन्द्रीय नेतृत्व चयन गर्ने तयारी छ। यसपटक पनि सकेसम्म सहमतिबाटै पदाधिकारी चयन हुने स्थायी कमिटी सदस्य देव गुरुङ दाबी गरेका छन्।
विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ निर्वाचन आयोगको तयारी
नेपालमा आउँदो निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ निर्वाचन आयोगले तयारी थालेको छ।
यसपालि विदेशमा रहेका नेपाली नागरिकको मताधिकारसमेत सुरक्षित गर्ने उद्देश्यका साथ विद्युतीय मतदानका लागि तयारी थालिएको निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए। उनले सहज र विश्वसनीय परिणामका लागि विद्युतीय मतदानको पहल थालेको बताए।
विदेशमा करिब ४० लाख नेपाली नागरिक छन्। यस वर्ष भएको जनगणनामा पनि विदेशमा रहेका नेपालीको तथ्याङ्क विद्युतीय प्रविधिमार्फत विदेशमा रहेका कुटनीतिक निकायमार्फत संकलन गरिएको थियो।
२० वर्ष कैद फैसला भई थुनामा रहेका एक व्यक्ति कारागारबाट फरार
दाङमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई थुनामा रहेका एक व्यक्ति कारागारबाट भागेका छन्।जिल्ला कारागार घोराहीको थुनामा रहेका राजपुर गाउँपालिकाका २८ वर्षीय जयराम परियार हिजो राती अस्पतालबाटै भागेका हुन्। घोराही कारागारका नाइके रहेका परियार छालाको उपचारका लागि अस्पताल गएका बेला त्यहीबाट भागेको प्रहरीले जनाएको छ।
उनी प्रहरी जवान धनबहादुर चौधरीसँगै लु ३४ प ४१० नम्बरको मोटरसाइकल चढेर अस्पताल गएका थिए। उपचारका लागि हत्कडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर भागेको थिए। अस्पतालबाट भागेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
'ए' डिभिजन लिगको छैटौं चरणका खेल आजबाट
सहिद स्मारक 'ए' डिभिजन लिगको छैटौं चरणका खेल आजबाट सुरु हुँदैछन्। पहिलो दिन आज दुई खेल हुनेछन्।
दशरथ रंगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा एपीएफ र एनआरटी भिड्ने छन्। एपीएफ ५ खेलबाट ४ अंक जोडेर ११ औं स्थानमा छ। एनआरटी भने ५ खेलबाट ६ अंकसहित सातौं स्थानमा छ। त्यस्तै ४: ४५ मा हुने दोस्रो खेलमा पुलिस र फ्रेन्ड्स क्लब खेल्नेछन्।
पुलिसको ५ खेलबाट ५ अंकसहित ११ औं स्थानमा छ। फ्रेन्ड्स भने ५ खेलबाट २ अंकमै सीमित रहेर अन्तिम स्थानमा छ।