आइतबार, असार २१, २०८३

राष्ट्रिय फुल कन्ट्याक्ट करातेमा ११५ खेलाडी सहभागी हुने

नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १७ औं राष्ट्रिय पुरुष तौल समूह तथा १६ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट करातेमा ११५ खेलाडी सहभागी हुने भएका छन्।
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

काठमाडौं– नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १७ औं राष्ट्रिय पुरुष तौल समूह तथा १६ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट करातेमा ११५ खेलाडी सहभागी हुने भएका छन्।

यही पुस ११ गतेदेखि हुने दुई दिने प्रतियोगितामा ११५ खेलाडी सहभागी भएको आयोजकले जनाएको छ। प्रतियोगिताको पुरुषमा ३ र महिलामा १ गरी जम्मा ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका उपाध्यक्ष पुष्प मानन्धरले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

सातै प्रदेशबाट ८० पुरुष र ३५ महिला खेलाडीको सहभागिता रहने छ। सबै विधामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाण पत्र प्रदान गरिने छ। आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले सबै मार्सल आर्टको प्रबल पक्षलाई समेटेर वज्रको प्रतिपादन गरिएको बताउदै प्रतिभाशाली खेलाडीलाई संघले आफ्नै खर्चमा बन्द शिविरमा राख्ने र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने योजना रहेको बताए।

आयोजकका अनुसार दुई दिने प्रतियोगिता सञ्चालन गर्न करिब १७ लाख रुपैयाँ खर्च हुने छ। खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ।

प्रकाशित: Dec 20, 2021| 17:24 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।