सोमबार, जेठ १५, २०८०

‘बजरंगी भाइजान २’ बनाउने सलमानको घोषणा

बलिउड अभिनेता सलमान खानले सन् २०१५ को आफ्नो हिट फिल्म ‘बजरंगी भाइजान’को सिक्वेल बनाउने घोषणा गरेका छन्।
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

Everest Bank
National life insurance
Metro Mart

मुम्बई- बलिउड अभिनेता सलमान खानले सन् २०१५ को आफ्नो हिट फिल्म ‘बजरंगी भाइजान’को सिक्वेल बनाउने घोषणा गरेका छन्। निर्देशक एसएस राजामौलीको रिलिजको तयारीमा रहेको फिल्म ‘आरआरआर’को मुम्बई प्रि–रिलिजमा पुगेका अभिनेता सलमानले ‘बजरंगी भाइजान २’ बनाउने घोषणा गरेका हुन्।

सलमानका अनुसार सिक्वेलको लेखन एसएस राजामौलीका पिता के भी विजयेन्द्र प्रसादले लेख्नेछन्। यो फिल्मको अघिल्लो संस्करण पनि विजयेन्द्रले नै लेखेका थिए। ‘बजरंगी भाइजान’का निर्देशक कवीर खान हुन्। निर्देशक एसएसलाई उनको फिल्म प्रदर्शनमा साथ दिन सलमान पुग्दा त्यहाँ जुनियर एटीआर, रामचरण, आलिया भट्ट र निर्माता करण जोहरको पनि उपस्थिति थियो।

कार्यक्रममा सलमानले ‘बजरंगी भाइजान’ आफ्नो करियरको उत्कृष्ट फिल्म भएको भन्दै लेखक के भीलाई धन्यवाद दिएका थिए। फिल्म ‘बजरंगी भाइजान’ले एक हनुमान भक्त भारतीय युवकको कथा देखाउँछ। जसको भेट एउटा सानो गल्तीले पाकिस्तानबाट भारत आइपुगेकी एक बालिकासँग हुन्छ। फिल्ममा हर्षाली मल्होत्रा, करिना कपूर खान र नवाजुद्धिन सिद्धिकीले अभिनय गरेका छन्।

प्रकाशित: Dec 20, 2021| 01:22. 29 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

निर्माण सकिएको पाँच वर्षपछि प्रदर्शन हुँदै ‘नीरफूल’

चलचित्रमा भूकम्प, त्यसपछि निम्तिने परिस्थिति, नागरिकले भोग्ने सास्तीलगायत विषय समेटिएका छन्। 

गुलजार भन्छन् – रहर मर्नु भनेको बाँच्न छोड्नु हो

मान्छे बाँचुन्जेलसम्म मनमा थुप्रै रहरहरु लिएर बाँचेको हुन्छ। कुनै पनि रहर सकिएको हुँदैन। रहरहरु मर्नु भनेको बाँच्न छोड्नु हो।