शुक्रबार, कात्तिक ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सिरहामा अवरुद्ध सडक चार घण्टापछि खुल्यो

सिरहामा छुरा हानाहानको क्रममा एक युवकको मृत्युपछि विरोधमा अवरुद्ध गरिएको पूर्वपश्चिम राजमार्ग ४ घण्टपछि खुलेको छ।
 |  आइतबार, पुस ४, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस ४, २०७८

जनकपुरधाम– सिरहामा छुरा हानाहानको क्रममा एक युवकको मृत्युपछि विरोधमा अवरुद्ध गरिएको पूर्वपश्चिम राजमार्ग ४ घण्टपछि खुलेको छ।

triton college

दोषीलाई पक्राउ गरी २४ घण्टाभित्र कारबाही प्रकृया अगाडि बढाउने, मृतकलाई क्षतिपूर्तिका लागि पहल गर्ने, घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने प्रहरी र स्थानीयबीच सहमतिपछि अवरुद्ध राजमार्ग खुलेको सिरहाका प्रहरी प्रवक्ता सुभाष बुढाथोकीले जानकारी दिए।

शनिबार साँझ दुई समूहबीच भएको छुरा हानाहानमा सिरहा गोलबजार नगरपालिका ६ डोहटिया टोलका २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको थियो भने स्थानीय १९ वर्षका निकेश सदा गम्भीर घाइते भएका छन्। घाइते भएका निकेशको उपचार आरके मेडिसिटी अस्पतालमा भइरहेको छ।

दुई समूहबीचको झगडामा मृत्यु भएको हो। दोषीको पहिचान भइसकेको छ। उनीहरुलाई पक्राउ गरिसकेपछि मात्र परिचय खुलाउने प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए। घटनाको विरोधमा डोहटियाका स्थानीय बिहानैदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शनमा उत्रिएका थिए।

प्रकाशित: Dec 19, 2021| 17:49 आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।