काठमाडौं – बंगलादेशमा जारी यू १९ महिला साफ च्याम्पियनसिपअन्तर्गत आइतबारं समूह चरणका अन्तिम खेलमा नेपालले भारतको सामना गरिरहेको छ। बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोस्तफा कमल रंगशालामा दिउँसो पौने तीन बजे सुरु भएको खेलको पहिलो हाफ सकिएको छ।
प्रतियोगिताको फाइनल पुग्नका लागि निकै महत्त्वपूर्ण रहेको खेलको पहिलो हाफमा दुवै टिमका खेलाडीले गोल गर्न सकेका छैनन्। आजको खेलमा नेपाल भारतलाई हराएर फाइनल पुग्न चाहन्छ। यो खेलमा जुन टिमले जित निकाल्छ त्यो टिम फाइनल पुग्नेछ। तर, खेल बराबरी भएमा नेपाल फाइनल पुग्नेछ।
खेलमा पहिलो हाफमा भारतले नेपाललाई दबाबमा राख्दै गोलका धरै अवसर बनाएको छ। तर उसले गोल गर्न सकेको छैन।
नेपालले खेही अवसर पाए पनि गोल गर्न सकेको छैन। नेपाली टिम उपाधि लक्ष्यका साथ बंगलादेश पुगेको हो। पछिल्लो सिजन नेपाली टिमले फाइनलमा बंगादेशसँग हार बेहोरेको थियो। आजको खेलमा जित निकाल्दै भारत पहिलो पटक यू १९ साफको फाइनलमा पुग्न चाहन्आजको खेलमा जित निकाल्दै भारत पहिलो पटक यू १९ साफको फाइनलमा पुग्न चाहन्छ।
भारतले यसअघि बंगलादेशसँग हार बेहोरिसकेको छ भने नेपालले अहिलेसम्म हार बेहोरेको छैन। अहिले नेपाल सात अंकका सात तालिकाको शीर्षस्थानमा छ। समान ७ अंक भएको बंगलादेश गोलअन्तरका आधारमा नेपालभन्दा पछि छ भने भारत ६ अंकका साथ तेस्रो स्थानमा छ। आज पौने ७ बजे हुने खेलमा भने बंगलादेशले श्रीलंकाको सामना गर्नेछ। सो खेलमा बंगलादेशले हार बेहोरेको अवस्थामा भने नेपालले भारतसँग थोरै गोलअन्तरको हार बेहोरे पनि फाइनल पुग्ने सम्भावना कायम रहनेछ।