आइतबार, असार २१, २०८३

टेबलटेनिस प्रतियोगितामा दीप च्याम्पियन

नेपाल आर्मीका दीप साउन प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार च्याम्पियन बनेका छन्।
 |  आइतबार, पुस ४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ४, २०७८

काठमाडौं- नेपाल आर्मीका दीप साउन प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार च्याम्पियन बनेका छन्।

भैसेपाटीस्थित आयोजक नेपाल एपीएम टेबलटेनिस प्रालिको हलमा भएको फाइनलमा दीपले एपीएफका सन्योग कपालीलाई ११–७, १६–१४, ११–५, ६–११, ७–११ र ११–५ को सेटमा पराजित गरे।

यसअघि महिला सिंगल्स फाइनलमा नेपाल आर्मीकी रविना महर्जनले आर्मीकै दिया देउलालाई ११–३, ११–४, ११–४ र ११–३ को सोझै सेटमा हराउँदै शीर्ष स्थान हात पारेकी थिइन्। सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे।

पुरुष भेट्रान सिंगल्सको ४० वर्षमाथि कीर्तिपुरका जयराम महर्जन पहिलो, एनिस पिङपोङ क्लबका रक्तचन्द्र मानन्धर दोस्रो तथा गोडस्पिनका निकेनमान प्रधान र मुकेश महर्जन तेस्रो भए। ५० वर्षमाथि ललितपुर टेबलटेनिस क्लबका राजेन्द्र बज्राचार्यले स्वर्ण, ललितपुरकै राजन सुब्बाले रजत तथा खोल्छा पुखुका नदिम शाक्य र एनिसका कपुर शर्माले कांस्य जिते। 

६० वर्षमाथि ललितपुरका आनन्दरत्न धाक्वा प्रथम, ललितपुरकै जग्दिशप्रसाद जोशी द्वितीय तथा एपीएमका सुमन खड्गी र ललितपुरका ध्रुवमान श्रेष्ठ तृतीय भए । यसअघि यु–१६ सिंगल्सको ब्वाइजमा न्यु हाराइजनका प्रवेश बस्नेत र गल्र्समा नेपाल आर्मीकी दिया देउला तथा मिक्स डबल्समा आर्मीका दीप साउन र स्वेच्छा नेम्वाङको जोडी विजेता बनेका थिए।

प्रतियोगितामा समावेश आठै स्पर्धाका पदक विजेतालाई सिओम टेबलटेनिस नेपालले करिब ५ लाख रुपैयाँको खेल सामाग्री पुरस्कार स्वरूप प्रदान गर्‍यो । प्रतियोगिताको ब्वाइजमा संस्कृति स्कुलका रायंश श्रेष्ठ तथा गल्र्समा एपीएमकी योङगी पौडेल उत्कृष्ट खेलाडी घोषित भए।

विजेतालाई मुख्य प्रायोजक साङ्ग्रिला डेभ्लोप्मेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ, सह–प्रायोजक पूर्णशंकर श्रेष्ठ, अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्य, आयोजक प्रालिका निर्देशक दानबहादुर महता, सिओमका प्रबन्ध निर्देशक ज्याकी महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। तीनदिने प्रतियोगितामा ३ सय ५० खेलाडी सहभागी थिए।

प्रकाशित: Dec 19, 2021| 09:35 आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।