आइतबार, असार २१, २०८३

ए डिभिजन लिगमा थ्रीस्टार र एनआरटीको बराबरी

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार साँझ सम्पन्न खेलमा थ्रीस्टार क्लब र न्युरोड टिमले गोलरहित बराबरी खेलेका छन्।
 |  शनिबार, पुस ३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३, २०७८

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार साँझ सम्पन्न खेलमा थ्रीस्टार क्लब र न्युरोड टिमले गोलरहित बराबरी खेलेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बराबरी गर्दै दुबै टिमले १–१ अंक बाँडेका हुन्। खेलमा दुबै टिमले अवसर बनाए पनि गोल गर्न सकेनन्।

खेलको २५ औं मिनेटमा थ्रीस्टारका बिजय भुजेलले गोलकिपर अजित प्रजापति अघि बढिसकेको अवस्थामा गोल गर्न चुके। उनको प्रहारमा बल पोस्टबाट बाहिरिएको थियो।

खेलको २९ औं मिनेटना अशोक खवासले प्रहार गरेको लङ रेन्ज प्रहार गोलकिपर प्रजापतिले क्रसबार नजिकैबाट मुश्किलले बचाए। खेलको ३७ मिनेटमा शेम मार्टनको प्रहार पनि पोस्टको नजिकैबाट बाहिरिएको थियो।

आक्रामक रुपमा सुरु भएको दोस्रो हाफमा एनआरटीले केही राम्रा अवसर सिर्जना गर्यो। औं मिनेटमा मेसुके ओलुमोउ, रन्जन गुरुङ र हेमन्त थापा मगरले गरेका प्रहार तिनै प्रहार थ्रीस्टारका खेलाडीले क्लियर गरिदिए।

अट्याकिङ थर्डमा एनआरटीको यो प्रयास असफल रह्यो। त्यस्तै ११ औं मिनेटमा मैदानको बायाँ कुनाबाट दर्शन गुरुङले गरेको क्रसलाई पेनाल्टी बकस भित्र रहेका मेसुके र सटेफेन बिनोङले भेट्न सकेनन्।

खेलको ६६ औं मिनेटमा बिकास खवासले दिएको लङ पासमा बिजयले हेडर प्रहारको प्रयास गरे पनि बल पोस्टको नजिकै बाट बाहिरियो। खेलको अन्तिम मिनेटमा संजोक राईको प्रहार गोलकिपर प्रजापतिले बचाएका थिए।

प्रकाशित: Dec 18, 2021| 20:07 शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।