शनिबार, माघ ३, २०८२

मनाङ मर्स्याङ्दीलाई दुई अंकको अग्रता

मनाङले शनिबार पोखरा रंगशालामा भएको आफ्नो पाँचौं खेलमा शनिबार नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै १३ अंक जोडेको छ। अंक तालिकामा दोस्रो स्थानमा रहेको मच्छिन्द्रको ११ र तेस्रो स्थानको आर्मीको ९ अंक छ।
 |  शनिबार, पुस ३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३, २०७८

पोखरा- प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई पराजित गरेसँगै मनाङ मर्स्याङ्दी क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको अंक तालिकामा दुई अंकको अग्रता कायम गर्दै शीर्ष स्थानमा छ। मनाङले शनिबार पोखरा रंगशालामा भएको आफ्नो पाँचौं खेलमा शनिबार नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै १३ अंक जोडेको छ। अंक तालिकामा दोस्रो स्थानमा रहेको मच्छिन्द्रको ११ र तेस्रो स्थानको आर्मीको ९ अंक छ।

National life

मनाङको जितमा अन्जन विष्टले २ गोल र निशान लिम्बुले १ गोल गरेका थिए। पुलिसका लागि एक मात्र गोल पेनाल्टीमा सुमन लामाले फर्काएका थिए।

खेलको १० औं मिनेटमा अन्जनको गोलबाट मनाङले अग्रता लिएको थियो। रक्षक दिनेश राजवंशीको पासमा अञ्जनले गोल गरेका हुन्। यो लिगमा उनको पहिलो गोल हो। पुलिसका गोलकिपर रोशन खड्कालाई बिट गर्दै अन्जनले गोल गरेका थिए।

खेलको ३५ औं मिनेटमा पुलिसका लागि सुमन लामाले पेनाल्टी गोलमार्फत बराबरी खेल फर्काएपछि पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको थियो। मनाङका रक्षक सरोज योञ्जन लामाले  पुलिसका फरवार्ड निर कुमार राईमाथि फल गरेका कारण पुलिसले पेनाल्टी पाएको थियो। 

७३औं मिनेटमा अञ्जनले फ्रि–किकमार्फत दोस्रो गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाएका थिए। ८३औं मिनेटमा मनाङका लागि निशान लिम्बुले तेस्रो गोल गरे। ओलावाले ओ अफिजले गरेको प्रहार पुलिसका गोलकिपरको हातबाट भएको रिबाउन्ड बलमा निशानले गोल गरेका हुन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 18, 2021| 17:57 शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।