शनिबार, माघ ३, २०८२

प्रधानमन्त्री कप : प्रदेश १ को शानदार जित

फाप्ला क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा प्रदेश नम्बर १ विजयी भएको छ। उद्घाटन खेलमा प्रदेश नम्बर १ ले कर्णाली प्रदेशलाई १६० रनले हराएको हो। कर्णाली प्रदेश ६ रनमा अलआउट भएको छ।
 |  शनिबार, पुस ३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३, २०७८

काठमाडौं- धनगढीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ। फाप्ला क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा प्रदेश नम्बर १ विजयी भएको छ। उद्घाटन खेलमा प्रदेश नम्बर १ ले कर्णाली प्रदेशलाई १६० रनले हराएको हो। कर्णाली प्रदेश ६ रनमा अलआउट भएको छ। 

National life

टस जितेर पहिले ब्याटिंग गरेको प्रदेश १ ले कप्तान रुविा क्षेत्री र अप्सरी वेगमको अर्धशतकको मदत्तमा २० ओभरमा २ विकेट क्षतिमा १६६ रन बनायो। ७६ रनको पारी खेलेकी कप्तान क्षेत्रीले १० बलको सामना गर्दा १० चौका प्रहार गरिन्। अप्सरीले ६१ रन बनाउँदा ६२ बलको सामना गर्दै ५ चौका प्रहार गरिन्। प्रदेश १ ले २९ रन अतिरिक्त पाएको पायो। कर्णालीका लागि दिव्या धामीले २ विकेट लिईन्। 

प्रदेश एकले दिएको १६७ रनको लक्ष्य पछ्याएको कर्णाली ११ दशमलब ४ ओभरमा ६ रन बनाएर सबै १० विकेट गुमाएको हो। अघिल्लो बर्ष भएको प्रधानमन्त्री कपमा पनि कर्णाली ६ रनमा सिमित भएको थियो। कर्णालीका लागि कप्तान आयुषा टण्डनले बनाएको ३ रन नै सर्वाधिक हो।

टोलीका लागि लक्ष्मी रिजाल र अंशु शाक्यले एक एक रन बनाउँदा ७ जना खेलाडी भने शुन्यमा आउट भए। प्रदेश नम्बर १ का लागि अलिशा खडीयाले ५ विकेट लिईन्। त्यस्तै संगीता राईले दुई र सबनभ राईले एक विकेट लिईन्। 

शनिबारै हुने अर्को खेलमा बाग्मती र लुम्बिनी प्रदेश भिड्दैछन्। नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेटको सहआयोजनामा  सञ्चालन हुन लागेको प्रतियोगिता पुस  ११ गते सम्पन्न हुनेछ।

Laxmi sunrise bank
kumari

७ प्रदेश र एक विभागीय गरी ८ टिम सहभागी हुने प्रतियोगिता दुई समूहमा विभाजन गरी खेलाइने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बताए। समूह ए मा प्रदेश नम्बर १, लुम्बिनी प्रदेश, बाग्मती प्रदेश, कर्णाली प्रदेश र समूह बि मा नेपाल एपीएफ क्लब, सुदूरपश्चिमम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर २ रहेका छन्। 

प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेस्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन्।

प्रकाशित: Dec 18, 2021| 15:00 शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।