आइतबार, असार २१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • भुटानलाई हराएपछि साफ च्याम्पियनसिपको फाइनल नजिक नेपाल [तस्बिरसहित]

भुटानलाई हराएपछि साफ च्याम्पियनसिपको फाइनल नजिक नेपाल [तस्बिरसहित]

यो जितसँगै नेपाल शीर्षस्थानमा पुगेको छ। नेपालले समान ७ अंक बनाएको बंगलादेशलाई गोलअन्तरले पछि छोडेको हो। नेपालको गोलअन्तर ११ रहेको छ भने बंगलादेशको गोलअन्तर ७ रहेको छ।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं– बंगलादेशमा जारी यू-१९ महिला साफ च्याम्पियनसिपमा भुटानलाई हराउँदै नेपाल फाइनल नजिक पुगेको छ। शुक्रबार राति ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोस्तफा कमल रंगशालामा नेपालले भुटानलाई ४–० गोलले हराएको हो।

खेलको पहिलो हाफमै नेपालले ३–० गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा एक गोल थप्यो। नेपालका लागि मेनुका कुमारीले दुई गोल गरिन् भने कुसुम खतिवडा र रजनी थोकरले समान १–१ गोल गरे।

यो जितसँगै नेपाल शीर्षस्थानमा पुगेको छ। नेपालले समान ७ अंक बनाएको बंगलादेशलाई गोलअन्तरले पछि छोडेको हो। नेपालको गोलअन्तर ११ रहेको छ भने बंगलादेशको गोलअन्तर ७ रहेको छ।

आजको खेलको दोस्रो मिनेटमै नेपाली मेनुकाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। सविता राना मगरको भली प्रहारलाई हेडमार्फत् उनले १७औं मिनेटमा गोल गरिन्। भुटानी गोलकिपर अघि बढिसकेका अवस्थामा पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार दुईपटक ड्रप भएर गोल भएको थियो।

त्यसको चार मिनेटमै नेपालले अर्को गोल थप्यो। रजनी यसपटक रजनी थोकरले गोल गरिन्। उनले पेनाल्टी बक्सको लाइनबाट गरेको प्रहारलाई भुटानी गोलकिपरले बचाउन सकिनन्। पहिलो हाफभर नेपालले भुटानलाई दबाबमा राखेको छ। नेपाले त्यसपछि भने गोल गर्न सकेन।

भुटानले गोलका केही प्रयास गरे पनि स्कोर गर्न सकेन। दोस्रो हाफका नेपालले एक गोल थप्यो। दोस्रो हाफको ६०औँ मिनेमा कुसुमले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार गने पोस्टबाट बाहिरिएको थियो।

खेलकोले ७२औं मिनेटमा कुसुम खतिवडाको पासमा मेनुका कुमारीले गोल गर्दै नेपाललाई ४–० गोलको अग्रता दिलाइन्। कुसुमले गोलकिपरलाई बिट गरिसकेपछि बल अघि बढाउँदै गरेको प्रहारलाई मेनुकाले पोस्टमा छिराएकी थिइन्।

खेलको ८२ औं मिनेटमा मेनुकाले पोस्टको नजिकैबाट पोस्टबाहिर प्रहार गरेपछि नेपाल अग्रता बढाउन चुकेको थियो।

प्रतियोगिताको शीर्ष दुईमा पर्ने टिमले फाइनल खेल्ने अवसर पाउनेछ। अब नेपाल फाइनलमा पुग्नका लागि अर्को खेलमा भारतविरुद्ध जितबाहेक उसलाई बराबरीमा रोक्न सके पर्याप्त हुनेछ।

प्रकाशित: Dec 17, 2021| 22:10 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।