शनिबार, माघ ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • संकटासँग बराबरी गरेपछि मछिन्द्रलाई एएफसी कपमा पुग्न धक्का लाग्ने जोखिम

संकटासँग बराबरी गरेपछि मछिन्द्रलाई एएफसी कपमा पुग्न धक्का लाग्ने जोखिम

त्यस्तै, विमल घर्ती मगर पनि २४ औं मिनेटमा मैदानमा छिरेका थिए। तर मछिन्द्रका 'हेभिवेट' फरवार्डले गोल गर्न सकेनन्।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं– जितको लक्ष्यका साथ मैदान उत्रिको मछिन्द्र क्लब लिगको पाँचौ खेलमा बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार साँझ सम्पन्न खेलमा मछिन्द्र क्लब संकटासँग गोलरहित बराबरीमा रोकिएको हो।

National life

खेलमा दुवै तर्फबाट राम्रा 'मुभ' बने पनि कुनै पनि टिमले गोल गर्न सकेनन्। मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले मनिष डाँगी, सुनील बल र नुर्लान नोभ्रुजोभको फरवार्ड लाइन बनाएका थिए।

अन्तिम १२ मिनेट बाँकी रहँदा कटुवालले नुर्लान र मनिषको ठाउँमा अभिषेक रिजाल र अभिषेक गुरुङलाई मैदान छिराए। त्यस्तै, विमल घर्ती मगर पनि २४ औं मिनेटमा मैदानमा छिरेका थिए। तर मछिन्द्रका 'हेभिवेट' फरवार्डले गोल गर्न सकेनन्।

यो बराबरीसँगै मछिन्द्रले ५ खेलबाट ११ अंक बनाएको छ। ‘संकटाविरुद्ध आजको खेल महत्वपूर्ण थियो। तर हाम्रो टिमका रेगुलर कप्तान सुजल श्रेष्ठ नभएर पनि खेल मिलेन। सुजलको ठाउँमा नयाँ खेलाउँदा गाह्रो भयो,’ मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने।

आजको खेलअघि ५५ मिनेट मात्र खेलेका विमलले चोटपछिकै लामो समय मैदानमा बिताए। ‘अभियानले राम्रो खेलिरहेका कारण मैले उसलाई सुरुमा खेलाएको हो। उसको ठाउँमा मैदान छिर्ने खेलाडी पनि थिए नै। तर अभियानको ठाउँमा छिटै विमललाई छिराउनु पर्यो,’ खेलपछि प्रवेशले भने।

Laxmi sunrise bank
kumari

खेलको १४औं मिनेटमा मछिन्द्रका सुनिल बलको कर्नरलाई देवेन्द्र तामाङले पोस्टतर्फ प्रहार गरे पनि सो गोल पोस्टबाट बाहिर गयो। त्यस्तै, ४४ औं मिनेटमा विशाल राईको फ्री-किक संकटाका डिफेन्डरले क्लियर गरिदिएका थिए।

पहिलो हाफमा संकटाले पनि केही महत्वपूर्ण अवसर गुमायो। प्रशिक्षक विष्णु गुरुङको टिमले दोस्रो हाफमा पनि केही अवसर गुमायो। खेलको ७२औं मिनेटमा निरज बस्नेतले गरेको लन रेन्ज प्रहार पोस्टको नजिकैबाट बाहिरिएको थियो। फरवार्ड फोडे फोफानाले अन्तिम आठ मिनेट बाँकी रहँद मछिन्द्रको पोस्टनजिकै गरेको प्रयासमा संकटाले गोल गर्न सकेन।

त्यस्तै, तीन मिनेट बाँकी रहँदा फोफानाकै क्रसमा उत्तम राईले गरेको हेडर क्रसबार नजिकैबाट बाहिरिएको थियो। दोस्रो हाफका संकटाले गुमाएको यी तीन निकै सुनौला अवसर रहे।

संकटाका विष्णु गुरुङले आजको बराबरीसँग आफू खुसी रहेको बताएका छन्। उनले भने, ‘खुसी छु। खेलाडीले राम्रो गरेका छन्। हामीले पनि मछिन्द्रले पनि उस्तै प्रदर्शन गर्‍यो। साथै दुवै टिमले गोल गर्न सकेनन्,’ उनले खेपछि भने।

यता मछिन्द्र चाहिँ गोलका लागि अभागी रह्यो। खेलको ६१औं मिनेटमा मछिन्द्रले गोल गर्‍यो। संकटाका खेलाडीले आफ्नै पोस्टमा गरेको त्यो गोल अफसाइड रह्यो। फरवार्ड मनिष डाँगी अफसाइड रहको भन्दै रेफ्री माधव केसीले अफसाइडको जानकारी दिए। यससँगै मछिन्द्रले अग्रताको अवसर गुमायो।

‘त्यो गोल एक गोल भएको थियो त्यो पनि आत्मघाति गोल रहेछ। तर आजको खेलमा रेफ्रीहरुले पनि गल्तीहरु गरिरहेको थिए। प्रतियोगितामा धेरै गल्तीहरु भइरहेका छन्,’ कटुवालले भने।

खेलपछि संकटाका प्रशिक्षक गुरुङले भने, ‘लिगले निर्देशन गरेको नियमहरुलाई रेफ्री फलो हामीलाई गाह्रो भएको छ।’

अफसइड गोलपछिको फ्री किक र कर्नरमा पाएका अवसरमा पनि मछिन्द्रले गोल गर्न सकेन। खेलको अन्तिममा मछिन्द्रले संकटाको पोस्टनजिक दबाब बनाउनै सकेन। गोलरहित बराबरी भएको खेलमा संकटाका फोडो फोफाना म्यान अफ दि म्याच भए।

आजको खेल एएफसी कपमा पुग्नका लागि पनि मछिन्द्रका लागि महत्त्वपूर्ण थियो। तर बराबरीपछि उसलाई कपमा पुग्ने सम्भावनामा क्षति भएको छ।

मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल भन्छन्, ‘आजको तीन अंक एएफसी कपको लागि मत्वपूर्ण थियो। आजै अघिको खेलमा आर्मीले बराबरी गरेपछि हामीलाई अवसर थियो। तर हाम्रो खेलाडीले राम्रो गर्न सकेनन्। यद्यपि बाकीँ दुई खेलमा राम्रो हुन सक्छ। हामी एएफसी कपको लागि आशावादी छौं। अर्को चरणमा मनाङसँगको खेलले पनि महत्व राख्छ नि।’

लिगको सातौं चरणको अन्तिममा शीर्षस्थानमा रहने टिमले आउँदो चरणको एएपसी कप खेल्न पाउनेछ।

संकटाका प्रशिक्षक गुरुङले पछिल्लो खेलमा आफ्नो टिमको प्रदर्शन सुधारिँदै गएको बताएका छन्। उनले भने, पछिल्ला पाँच खेलमा सुधार भइरहेको छ। मेरो खेलाडीहरुमा म विश्वस्त छु। उनीहरुले टिमको खेलको स्तर विकास गर्न सहयोग गरिरहेका छन्।’

प्रकाशित: Dec 17, 2021| 20:41 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।