आइतबार, असार २१, २०८३

साफ च्याम्पियनसिपमा बंगलादेशले भारतलाई हरायो

बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोस्तफ कमल रंगशालामा शुक्रबार दिउँसो सम्पन्न खेलमा बंगलादेशले भारतलाई हराएको हो।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं- बंगलादेश यू १९ महिला टिमले जारी साफ च्याम्पियनसिपमा भारतको यू १९ महिला टिमलाई १–० गोलअन्तरले हराएको छ।

बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोस्तफ कमल रंगशालामा शुक्रबार दिउँसो सम्पन्न खेलमा बंगलादेशले भारतलाई हराएको हो।

बंगलादेशका लागि सामसुन्हर एसले गोल गर्दै खेलमा अग्रता दिलाएकी थिइन्। यसँगै बंगलादेशले जारी प्रतियोगितामा ७ अंक बनाएको छ। बंगलादेश ७ अंकका साथ जारी साफ च्याम्पियनसिपको शीर्षस्थानमा छ।

भारत ६ अंकका साथ दोस्रो स्थानमा छ भने नेपाल तेस्रो स्थानमा छ। नेपालले आज भुटानलाई हराउन सके नेपाल शीर्षस्थानमा पुग्नेछ। अहिले नेपालको चार अंक रहेको छ। 

अब फाइनलमा पुग्नका लागि अन्तिम चरणका खेल पर्खिनु पर्ने भएको जहाँ नेपाले भारतसँगै खेल्दैछ भने बंगालादेशले श्रीलंकासँग खेल्दैछ। श्रीलंका र भुटान बाहिरिसकेका छन्।

प्रकाशित: Dec 17, 2021| 19:49 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।