आइतबार, असार २१, २०८३

पहिलो हाफमै नेपालले भुटानविरुद्ध गर्‍यो ३ गोल

ढाकास्थित वीर श्रेष्ठ सहिद मुस्तफा रंगशालामा जारी खेलको पहिलो हाफमै नेपालले ३–० गोलको अग्रता बनाएको छ। नेपालका लागि मेनुका राई, कुसुम खतिवडा र रजनी थोकरले गोल गरेका छन्।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं– बंगलादेशमा जारी यू-१९ महिला साफ च्याम्पियनसिपअन्तर्गत अहिले नेपालले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ।

ढाकास्थित वीर श्रेष्ठ सहिद मुस्तफा रंगशालामा जारी खेलको पहिलो हाफमै नेपालले ३–० गोलको अग्रता बनाएको छ। नेपालका लागि  मेनुका राई, कुसुम खतिवडा र रजनी थोकरले गोल गरेका छन्।

खेकाले दुई मिनेटमै नेपाली मेनुका कुमारील गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन्। उनले सविता राना मगरको भली प्रहारलाई हेडमार्फत् गोल गरेकी हुन्।

खेकाले १७ औं औंमिनेमा गोल गरिन्। उनले भुटानी गोलकिपर अघि बढिसकेका अवस्थामा पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार दुईपटक ड्रप भएर गोल भएको थियो। यससँगै नेपालले अग्रता दोब्बर बनायो।

त्यसको चार मिनेटमै नेपालले अर्को गोल थप्यो। रजनी यसपटक रजनी थोकरले गोल गरिन्। उनले पेनाल्टी बक्सको लाइनबाट गरेको प्रहारलाई भुटानी गोलकिपरले बचाउन सकिनन्। पहिलो हाफभरी नेपालले भुटालाई दबाबमा राखेको छ। नेपाले त्यसपछि भने गोल गर्न सकेन।

उसले गोलका केही प्रयास गरे पनि स्कोरमा अघि बढ्न भने सकेन। नेपाल अहिले ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ। सेमीफाइनल नभएकाले प्रतियोगिताको शीर्ष दुईमा पर्ने टिमले सिधै फाइनल खेल्नेछन्।

प्रकाशित: Dec 17, 2021| 19:46 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।