आइतबार, असार २१, २०८३

सात विधामा हुने दौड प्रतियोगिता शनिबार विहान

नेपाल भेटनरी एसोसिएसनले आयोजना गर्ने म्याराथन यही शनिबार बिहान हुने आयोजले जानकारी दिएको छ।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं– नेपाल भेटनरी एसोसिएसनले आयोजना गर्ने म्याराथन यही शनिबार बिहान हुने आयोजले जानकारी दिएको छ। प्रोटिनको प्रयोगबारे जनचेतना जगाउन आयोजना गरिएको संघका अध्यक्ष सितलकाजी श्रेष्ठले जानकारी दिएका छन्।

दुई हजार सहभागी हुने प्रतियोगिता बिहान सात बजेबाट सुरु हुने श्रेष्ठले जानकारी दिए।

सम्पूर्ण विधाका दौडहरुमा पुरस्कारमा मात्र १० लाख ५० हजार रकम खर्च हुने आयोजनले जानकारी दिएको छ। एथ्लेटिक्स एसोसिएसनले मान्यता दिएको प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

प्रतियोगितामा सात विधाका खेल हुनेछन्। जहाँ खुला हाफ म्याराथन र १२ कक्षासम्मका विद्यार्थीका तिनै दौड पुरुष र महिला दुवैतर्फ दुवै विधामा रहेको छ। पुरुषतर्फको खुला दौड १० किमीको हुनेछ भने महिलातर्फको खुला दौड पाँच किमीको हुनेछ। त्यस्तै, ह्विल चेयर रेस पनि हुने आयोजकले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

म्याराथनमा विजेता हुने खेलाडीले एक लाख पुरस्कार जित्नेछ। त्यस्तै, दोस्रो, तेस्रो, चौथो र पाँचौं हुनेले क्रमशः ७५ हजार, ५० हजार, ४० जार र ३० हजार पुस्कार पाउनेछन्।

त्यस्तै, १० किमीतर्फ विजेता, उपविजेता, तेस्रो चौथो र पाँचौं हुनेले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १० हजार पुरस्कार जित्नेछन्। पाँच किमी महिलातर्फको पुरस्कार रकम क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र पाँच हजार रहेको छ।

खेलमा आयोजकले २० स्टेसन प्रयोग गर्ने भएको छ। जहाँ स्टेसनमा स्वयंसेवक रहने आयोजकले जानकारी दिएको छ। ‘प्रतियोगितामा २०० स्वयंसेवक र एथ्लटिक्स संघका ५० अफिसियल खटिने भएका छन्,’ अध्यक्ष श्रेष्ठले भने।

प्रतियोगितामा म्याराथानका लागि त्रिपुरेश्वरबाट भक्तपुरको राधेराधेसम्मको रुट प्रयोग गरिने आयोजकले जनाएको छ।

यो दौडसहित प्रोटिनको बारेमा जानकारी दिन प्रतियोगिता गरिएको आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। प्रतियोगिताको लागि ट्राफिक व्यवस्थापनका लागि महानगरीय ट्राफिकसँग सहकार्य गर्ने आयोजकले बताएको छ।

प्रकाशित: Dec 17, 2021| 16:17 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।