काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) २०७३ वैसाखमा निलम्बनमा पर्नुअघि क्यानले गरेको तयारी निर्णय भएर आएको भए नेपाली क्रिकेटप्रेमीहरूका लागि सुखप्रद हुने थिएन। क्यानले नेपाली राष्ट्रिय टिमका तत्कालीन कप्तान पारस खड्कालाई कारबाही गर्ने तयारी गरेको थियो। यसका लागि आन्तरिक रूपमा निर्णय प्रक्रियाका विषयमा पनि छलफल भइसकेको थियो। तर उक्त प्रक्रियाले मूर्त रूप लिन पाएको थिएन।
त्यसबेला क्यानमा अध्यक्ष थिए चतुरबहादुर चन्द। खेलाडीले क्यानविरुद्ध काम गरेको छानबिन समितिको ठहर थियो। तर, क्यानले दबाब र खड्काको लोकप्रियताबीच कारबाही गर्न सजिलो थिएन। त्यसै समयमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले क्यानलाई नै निलम्बन गरिदिएपछि अनिश्चितकालका लागि कारबाही प्रक्रिया स्थगित भयो।
नेपाली क्रिकेट र क्यानका लागि निलम्बनमा परेको दिन 'कालोदिन' सावित भयो। आर्थिक अनियमिता भएको साथै पारदर्शिता नभएको भन्दै आईसीसीले क्यानलाई निलम्बन गरेको थियो। त्यसमा खेलाडीको ठूलो भूमिका रहेको चर्चा खेलवृत्तमा अझै चर्चा चल्ने गरेकै छ।
क्यान निलम्बनमा परेपछि लामो समय नेपाली क्रिकेट कप्तान खड्काकै रोहबरमा चल्यो। क्यान निलम्बन भए पनि नेपालका अन्तर्राष्ट्रिय खेलमा भने नेपालले प्रतिबन्ध खेप्नु परेको थिएन। राष्ट्रिय टिमका खेलाडीले राष्ट्रिय खेलकुद परिषद्को माध्यमबाट तलब पाउँथे।
तर २०७६ असोज १० मा क्यानले साधारणसभा गर्दै निर्वाचनमार्फत् चतुरबहादुर चन्दको नेतृत्वमा क्यानको समिति बनायो। त्यसपछि क्यानमाथिको निलम्बन फुकुवा भयो। तर केही समय शान्त रहेको क्रिकेट र खेलाडीका विवाद यतिबेला भने छरपस्ट भएका छन्।
क्यानमाथिको निलम्बन फुकुवा भएको लामो समय नबित्दै कप्तानी सम्हाल्दै आएका पारस खड्काले जिम्मेवारीबाट राजीनामा दिए। ‘नेपाली क्रिकेटको माउ संस्था क्यानमाथिको निलम्बन फुकुवा भएको छ। उसलाई स्वतन्त्र रुपमा काम गर्न दिनका लागि मैले कप्तानीबाट राजीनामा दिएको हो,’ राजीनामापछि पारसले यी शब्द धेरै सञ्चारमाध्यममा दोहोर्याए।
तर २०७६ असोज १० मा क्यानले साधारणसभा गर्दै निर्वाचनमार्फत् चतुरबहादुर चन्दको नेतृत्वमा क्यानको समिति बनायो। त्यसपछि क्यानमाथिको निलम्बन फुकुवा भयो। तर केही समय शान्त रहेको क्रिकेट र खेलाडीका विवाद यतिबेला भने छरपस्ट भएका छन्।
चन्दका अनुसार राजीनामा दिने निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरिएको पनि थियो, तर त्यसलाई खड्काले नकारेका थिए। पारसले राजीनामा दिएको निकै समय बितेको थियो। तर एक सार्वजनिक कार्यक्रममा यो विषयलाई फेरि उनै चतुरले यो कुरा कोट्याएका थिए। ‘पारसले राजीनामा दिएपछि मैले पारसलाई यसबारेमा फेरि सोच्ने कि! भनेर फोन गरेको थिएँ। उनले यो नै मेरो फाइनल निर्णय हो भनेका थिए,’ कार्यक्रममा चन्दले भनेका थिए।
पारसको राजीनामापछि ज्ञानेन्द्र मल्ललाई कप्तानीको जिम्मेवारी पाए। उपकप्तानको जिम्मा दिपेन्द्र सिंह ऐरीले पाए। त्यसको केही समयपछि नै क्यानका पदाधिकारी र कतिपय खेलाडीबीच लामै समयदेखि बोलचाल बन्द भएको चर्चा चलेको थियो। तर त्यो कुरालाई अध्यक्ष चन्द र पारख खड्काले खण्डन गर्दै आएका थिए। त्यतिबेलासम्म खड्का राष्ट्रिय टिममै थिए।
उसो त पारसले संन्यास नलिउन्जेलसम्म राष्ट्रिय टिमबाट आउट नै भएनन्। अन्ततः उनले साउन २९ गते बिहानै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरे। त्यसको भोलिपल्ट क्यानले बोलाएको राष्ट्रिय टिममा पनि पारसको नाम थियो। र, साथमा संन्यास लिइसकेको भनेर पनि लेखिएको थियो।
उनले संन्यास घोषणा गरेपछि तत्कालीन प्रशिक्षक डेव वाटमोरले नेपाली टिममा पारसको लिगेसी सकिएको बताएका थिए। ‘राष्ट्रिय टिमबाट पारसको लिगेसी पूर्ण रुपमा बाहिरिएको छ,’ डेभले ओमन भ्रमणअघि पत्रकारसँग कुराकानी गर्दै भनेका थिए।
पुरानो विवाद पूर्ण रूपमा अन्त्य भइनसकेकाले क्यानमा अहिले पुनः द्वन्द्व सिर्जना भएको छ। क्यानले मंसिर २९ गते कप्तान ज्ञानेन्द्रसहित चार खेलाडीलाई कारबाही गरेपछि यो विवाद पुनः सतहमा आएको हो।
क्यानविरोधी गतिविधि
क्यानमाथिको निलम्बन फुकुवा भए पनि कोभिड-१९ को महामारीका कारण लामै समय काम गर्न सकेन। १३औं दक्षिण एसियाली खेलकुदका कार्यक्रम सकिएपछि क्रिकेटका घरेलु गतिविधि पनि ठप्प रहे।
प्रधानमन्त्री कप र मेयर कप पनि लामो समय चलायमान हुन सकेनन् कोभिडका कारण। त्यसले नेपाली खेलाडीमा खेलको लय गुम्ने खतरा बढाउँदै लगेको थियो। त्यस विषयमा क्यानले ध्यान दिन सकेको थिएन। यता क्यान अध्यक्ष चन्द भने कांग्रेसको गतिविधिमा सक्रिय रुपमा लागिरहेका थिए। जसले नेपाली क्रिकेट समर्थकलाई रुष्ट बनायो।
पछिल्लो समय नेपाली क्रिकेट समर्थकले क्यानका विरोधमा गतिविधि गरिरहेका छन्। सामाजिक सञ्जालमा ‘वेक अप क्यान’ भन्ने नारा नै लाग्यो।
महिला विश्वकप छनोट नजिकमा आइरहेको छ। पुरुष टिम पनि लामो समयसम्म मूख्य प्रशिक्षक विहीन छ। महिला टिमको बन्द प्रशिक्षणका लागि समय घर्कीसक्दा पनि क्यानले ध्यान दिएन। क्यानको यस्तो पाराले समर्थकको भावनामा ठेस पुगेको छ। ट्विटरमा पनि यो विषय ट्रेन्डिङमा परिसकेको छ।
पुरानो विवाद पूर्ण रूपमा अन्त्य भइनसकेकाले क्यानमा अहिले पुनः द्वन्द्व सिर्जना भएको छ। क्यानले मंसिर २९ गते कप्तान ज्ञानेन्द्रसहित चार खेलाडीलाई कारबाही गरेपछि यो विवाद पुनः सतहमा आएको हो।
सामाजिक सञ्जालबाट पनि दबाब बढ्दै गएपछि असोज २१ गते क्यानको बैठक बस्यो। त्यो बैठकले निर्णय लिन सकेन। सामाजिक सञ्जालमा समर्थक अझ आक्रोशित देखिए। क्यानले बल्ल कार्तिक ३० गते बैठक बोलायो। र, केही महत्वपूर्ण निर्णय गराएको थियो।
‘वेक अप क्यान’ अभियान अहिले सुस्त छ। त्यसै समयबीच मिडियामा खेलाडीको ग्रेडिङको विषयमा चर्चा सुरु भयो। बलर सोमपाल कामीलाई किन बी ग्रेडमा राखियो? भन्ने प्रश्नसहितका असन्तुष्टिले चर्चा पायो।
यो विषयले क्यानको टाउको झन् चर्किएको छ। सबै दबाबबीच क्यानले यू १९ को राष्ट्रिय क्रिकेट प्रतियोगिता पनि सम्पन्न गरेको छ। खेलाडीलाई शुभकामना मन्तव्य दिन माइक समाएका क्यानका अध्यक्ष चन्दले कसैले नसोचेको कुरा बोलेका थिए।
‘जति राम्रो प्रदर्शन भए पनि अनुशासनसँग क्यानले सम्झौता गर्दैन,’ उनले फाइनलको प्रसंग मोड्दै भने, ‘क्यान निलम्बनको समयमा कुन सिन्डिकेट र टिक मार्कका आधारमा खेलाडी टिममा छानिन्थे? कुन आर्थिक चलखेलको आधारमा खेलाडीमाथि न्याय अन्याय गरिन्थ्यो ? यो विषय कतै छुप्दैन। नेपाली क्रिकेटलाई फेरि पुरानो हविगतमा, हालीमुहाली गरेको थियो भनेर भित्रि रुपमा बदनाम गर्ने प्रयास भइरहेको छ त्यो कदापि सम्भव छैन,’ उनले थपे। उनको त्यो भाषणबाट क्यान निलम्बनमा रहँदाको छटपटी प्रष्ट हुन्छ।
त्यसैले क्यानले ५ वर्षअघि तत्कालीन कप्तान पारसविरुद्ध चलाउन नसकेको कारबाहीको डण्डा अहिले चार खेलाडीमाथि चलायो। फलस्वरुप ज्ञानेन्द्र मल्लले कप्तानबाट र दीपेन्द्र सिंह एरीले उपकप्तानबाट बर्खास्त भए।
उनीहरूसँगै सोमपाल र कमलसिंह ऐरी पनि आउँदो ६ महिना तलबविहीन बने। नेपालीमा एउटा चर्चित उक्ति छ ‘ह्याकुल्लाले पेल्ने’। सायद अहिले क्यान र खेलाडीबीच यही भइरहेको छ। त्यो पाँच वर्षअघिकै प्रसंग अहिले पनि दोहोरिएको छ। समस्या क्यानमा हो कि खेलाडीमा हो? त्यो प्रश्न पनि पेचिलो छ।
के अब सबै समाधान भयो?
क्यानको यो कारबाहीले बाँकी खेलाडीलाई पनि निराश बनाएको छ। करण केसी, रोहितकुमार पौडेल, अभिनास बोहरा, कुशल भुर्तेललगायतका खेलाडीले पनि खुलेरै क्यानको विरोध गरिरहेका छन्। उनीहरुले क्यानको खेलाडीलाई पेलेर जाने नीतिको विरोध गरेको देखिन्छ।
त्यस्तै, विनोद भण्डारी, सोमपाल कामीलगायतका सिनियर खेलाडी हुँदाहुँदै कप्तानी सन्दीपलाई सुम्पिएपछि टिममा 'कोल्ड वार' सुरु भएको छ। विनोदले त्रिभुवन आर्मीको कप्तानी सम्हालेर आर्मीलाई पीएम कपको उपाधि दिलाएका छन्। त्यस्तै, सोमपालले पनि चितवन टाइगरलाई ईपीएलको उपाधि दिलाए।
ती कप्तानलाई छोडेर कप्तानका रुपमा उपाधि जित्न सफल नभएका सन्दीपलाई कप्तानी दिँदा टिममा सन्तुलन नमिल्ने आकलन भइरहेको छ। त्यसमाथि सामाजिक सञ्जालमा फलो र अनफलोको विषयले पनि चर्चा पाइरहको छ।
पुस १ गते बिहानै पूर्वकप्तान पारखले सन्दिपलक्षित एक पोस्ट पनि गरे। त्यो पोस्टमा इन्स्टाग्राममा कसरी फलोवर्स र संवेदना बटुल्ने भन्नेमा लक्षित थियो। त त्यहाँ धेरै नकारात्मक चर्चा सुरु भएपछि पारसले पोस्ट नै हटाएका छन्।
र, यो विवाद र टिमबीचको ‘शीतयुद्ध’ ले नेपाली क्रिकेट कति पछाडि छोडिएको छ त्यो कुरा नतिजा आउँदा प्रतियोगिताले देखाउनेछ।