शनिबार, माघ ३, २०८२

साफ यू-१९ महिला फुटबलमा भुटानलाई हराउने दाउमा नेपाल

बंगलादेशको ढाकामा हुने खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ। भुटानविरुद्ध मैदानमा उत्र्दा नेपाल दोस्रो जितको खोजीमा हुनेछ। फाइनल प्रवेशको सम्भावना कायम राख्न नेपाललाई भुटानविरुद्ध जितको विकल्प छैन।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं- सुरवाती दुई खेलबाट ४ अंक जोड्दै उपाधि यात्रा कायम राखेको नेपालले साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको तेस्रो खेलमा शुक्रबार भुटानको सामना गर्दैछ।  

National life

बंगलादेशको ढाकामा हुने खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ। भुटानविरुद्ध मैदानमा उत्र्दा नेपाल दोस्रो जितको खोजीमा हुनेछ। फाइनल प्रवेशको सम्भावना कायम राख्न नेपाललाई भुटानविरुद्ध जितको विकल्प छैन। 

भुटान समेत नेपालसँगको हारले उपाधि होडबाट बाहिर रहनेछ। ५ टोली सहभागी प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। 

प्रतियोगितामा लगातार दुई खेल जितेको भारत ६ अंकसहित शीर्ष स्थानमा छ। ४ अंक जोडेका बंगलादेश र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। 

भुटानले तीन खेलबाट ३ अंक जोडेको छ। लगातार तीन खेलमा हारसहित १६ गोल बेहोरेको श्रीलंका एक खेलअघि नै उपाधि होडबाट बाहिरिसकेको छ। 

Laxmi sunrise bank
kumari

पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग गोलरहित बराबरी रोकिएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६-० ले पराजित गरेको थियो। पहिलो खेलमा श्रीलंकालाई ५-० ले पराजित गरेको भुटान दोस्रो खेलमा बंगलादेशसँग ६-० ले हारेको थियो। 

प्रकाशित: Dec 17, 2021| 09:15 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।