शनिबार, माघ ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एन्फा कार्यसमितिको बैठक राख्न तीन उपाध्यक्ष र चार सदस्यको माग

एन्फा कार्यसमितिको बैठक राख्न तीन उपाध्यक्ष र चार सदस्यको माग

बैठक माग गर्नेमा चार सदस्य किरण राई, दीनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामा समेत छन्।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्षद्धय कृष्णबहादुर थापा र वीरबहादुर खड्कासहित कार्यसमितिका सात सदस्यले कार्यसमिति बैठकको माग गरेका छन्।

National life

बैठक माग गर्नेमा चार सदस्य किरण राई, दीनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामा समेत छन्। वरिष्ठ उपाध्यक्ष नेम्वाङको नेतृत्वमा कार्यसमितिका सात जनाले बिहीबार एन्फा मुख्यालयमा संयुक्त पत्र दर्ता गराउँदै बैठक माग गरे। एन्फाको कार्यसमितिमा १७ सदस्य रहेको छ। 

‘एन्फाको केन्द्रीय कार्यसमिति बैठक लामो समयदेखि बस्न सकिरहेको छैन्। जसले गर्दा विभिन्न महत्वपूर्ण विषयहरुमाथि छलफल हुन नसक्दा सिंगो फुटबल खेलको विकासमा गतिरोध देखा परेको छ। साथमा विधि प्रक्रियाविहिन ढंगबाट संघ सञ्चालन भइरहेको छ,’ बैठक माग गर्दै दायर गरिएको पत्रमा उल्लेख छ। 

‘आगामी २०७९ बैशाख महिनामा संघको साधारणसभा र निर्वाचन गर्नुपर्ने भएकाले पनि तत्काल बैठकबाट जिल्ला, प्रदेश र केन्द्रको साधारणसभा र निर्वाचनसम्बन्धि कार्यतालिका लगायत फुटबलको विकाससँग सम्बन्धित जिल्ला लिग, प्रदेश लिग, ए, बी, सी डिभिजन लिग र राष्ट्रिय लिग सञ्चालन बारे छलफल गर्न आवश्यक देखिएको छ।’ पत्रमा भनिएको छ। 

पत्रमा वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष र सदस्यहरुले विभिन्न आवस्यक विषयमा छलफल गर्नका लागि बैठक राख्न पटकपटक अनुरोध गर्दा पनि अध्यक्ष कर्माछिरिङ शेर्पाले बेवास्था गरेको आरोप लगाएका छन्। पटकपटकको अनुरोधलाई अध्यक्षले बेवास्था गरेका कारण बाध्य भएर विधानअनुसार बैठक माग गरिएको संयुक्त पत्रमा उल्लेख छ।

Laxmi sunrise bank
kumari

‘संघको विधानको धारा ३७ को उपधारा २ बमोजिम कार्यसमिति बैठक आयोजनाको माग गर्दछौं,’ पत्रमा भनिएको छ। 

प्रकाशित: Dec 17, 2021| 09:00 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।