आइतबार, असार २१, २०८३

एभर्टनसँग बराबरीमा रोकियो चेल्सी

स्टामफोर्ड ब्रिजमा पहिलो हाफमा कुनै गोल हुन सकेन। दोस्रो हाफमा घरेलु टोली चेल्सीले अग्रता बनायो। मासन माउन्टले ७०औँ मिनेटमा गोल गरे। तर त्यसको ४ मिनेटमै ब्रान्थवेटले गोल फर्काएपछि चेल्सी रोकिएको हो।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं- जेराद ब्रान्थवेटले गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा चेल्सी बराबरीमा रोकिएको छ। १७औँ चरण अन्तर्गत बिहीबार राति भएको एभर्टनसँगको खेलमा चेल्सी १-१ गोल अन्तरमा रोकिँदै अंक बाँडन बाध्य भएको हो। 

स्टामफोर्ड ब्रिजमा पहिलो हाफमा कुनै गोल हुन सकेन। दोस्रो हाफमा घरेलु टोली चेल्सीले अग्रता बनायो। मासन माउन्टले ७०औँ मिनेटमा गोल गरे। तर त्यसको ४ मिनेटमै ब्रान्थवेटले गोल फर्काएपछि चेल्सी रोकिएको हो। 

बाँकी समय दुबै टोलीले गोलको अवसर बनाएपनि सदुपयोग गर्न सकेनन्। चेल्सीले प्रिमियर लिगमा पछिल्लो ३ खेलबाट ५ अंक गुमाएको छ। 

बराबरीसँगै चेल्सी उपाधि होल्डमा ४ अंकले पछि परेको छ। चेल्सीको १७ खेलबाट ३७ अंक सहित तेस्राँे स्थानमा छ। यता, एभर्टन समान खेलबाट १९ अंक सहित १४ औं स्थानमा छ। 

गय राति नै भएको खेलमा न्युक्यासल युनाईटेडलाई एक गोलले पछि परेको स्थितीमा ३ गोल गर्दै लिभरपुलले जित निकालेको छ। जितसँगै लिभरपुल १७ खेलबाट ४० अंक बनाएर दोस्रो स्थानमा छ। समान खेलबाट ४१ अंक बनाएको म्यानचेष्टर सिटी शीर्ष स्थानमा छ। 

प्रकाशित: Dec 17, 2021| 08:45 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।