आइतबार, असार २१, २०८३

ए डिभिजन लिगको पाँचौँ चरण आजबाट : पहिलो दिन यी चार टिमको खेल

सहिद स्मारक ए डिभिजन लिगको पाँचौँ चरण सुरु हुँदैछ। यो चरणबाट लिग पोखरा र काठमाडौंमा आयोजना हुँदैछ।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगको पाँचौँ चरण सुरु हुँदैछ। यो चरणबाट लिग पोखरा र काठमाडौंमा आयोजना हुँदैछ।

पाँचौँ चरणको पहिलो खेलमा सातदोबाटो यूथ क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ। त्रिपुरेश्वरस्थित राखेपको मैदानमा हुने खेलमा दुवै टिम उपाधि लक्ष्यका साथ मैदानमा उत्रँदैछन्।

लिगका सुरुआति दुवै खेलमा बरारी गरेपछि आर्मी क्लबले चार अंक गुमाइसकेको छ। उपाधि दाबेदार आर्मीलाई त्यो ठूलो घाटा हो। यता तीन खेलसम्म अपराजित रहेको सातदोबाटो यूथ क्लब त अघिल्लो चरणमा पराजित नै भइसकेको छ।

त्यसैले आजको खेलमा दुवै टिम जित निकाल्ने दाउमा छन्। ‘हामी आर्मीविरुद्ध अंक पाउनका लागि नै खेल्नेछौं। विरुद्ध जित निकाल्नका लागि मिहिनेत गरिरहेका छौं,’ सातदोबाटोका प्रशिक्षक सुरज महर्जन भन्छन्, ‘पछिल्लो खेलमा हामीले अट्याकिङमा गरेको गल्ती र फल्स पासलाई पनि सुधार गरेर आज खेल्नेछौं।’

उनले आर्मी बलियो भए पनि जितका लागि खेल्ने उनले बताए। उता आर्मी भने एएफसी कपको तयारीका लागि पनि बलियो बनेर खेल्ने प्रशिक्षक नवीन न्यौपाने बताउँछन्। ‘सातादोबाटो अन्डरडग टिम हो। यो टिममा सुरुबाटै बलियो देखिँदै आएको छ। हामीले त्यही अनुसार तयारी गरेका छौं,’ न्यौपानेले भने, ‘उसले पछिल्लो खेलमा अंक गुमाएको छ। त्यसैले उसले यो खेलमा अंक जोड्ने हिसाबले आउला। तर हामीले त्यो विरुद्ध लड्ने योजना बनाएका छौं। हामी उसलाई दबाब दिएर जित्छौं।’

उनले सातदोबाटोको डिफेन्स र अट्याक राम्रो रहेको बताए। सातदोबाटोका मार्टिन्स अजयीले लिगमा पहिलो र एकमात्र ह्याट्रिक पुरा गरेका छन्।

आजको दोस्रो खेलमा संकटा क्लबले मछिन्द्र क्लबको सामना गर्दैछ। मछिन्द्रलाई धेरै टिमले बलियो टिमको रूपमा रहेको बताउँदै आएका छन्। त्यसैले मछिन्द्र आफ्नो त्यो सानलाई जोगाउने पक्षमा छ।

‘संकटा पनि राम्रो नै गरिरहेको छ। त्यसैले आजको खेल टफ नै हुन्छ। हामी एएफसी कपको लागि तयारी गिरहेका छौं। मनाङले पनि त्यो तयारी गरिरहेको छ। हामी दुवैको बराबरी अंक छ। त्यसैले संकटासँगको खेल जित्नैपर्ने छ,’ मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने।’

यता संकटाले पनि लिगमा हार बेहोरेको छैन। त्यसैले ऊ लिगमा अपराजित यात्रा कायम राख्ने दाउमा हुनेछ।

प्रकाशित: Dec 17, 2021| 08:10 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।