शनिबार, माघ ३, २०८२

न्युक्यासलविरुद्ध लिभरपुलको पुनरागमन जित

यसअघि भ्रमणकारी टोली न्युक्यासल जोन्जो सेल्भेले खेलको ७औँ मिनेटमा अग्रता दिलाएका थिए। २१ मिनेटमा जोटाले खेललाई बराबरी स्थितिमा ल्याए। २५औँ मिनेटमा सलाहले गोल गर्दै टोलीलाई पहिलो हाफमा २-१ को अग्रता बनाए।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं- एक गोलले पछि परेको अवस्था उल्टाउँदै लिभरपुलले इंग्लिस प्रिमियर लिगमा पुनरागमन जित निकालेको छ। बिहीबार राति घरेलु मैदान एनफिल्डरमा भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडविरुद्ध ३-१ अन्तरको जित निकालेको हो।  लिभरपुलरको १२औँ जितमा डियगो जोटा, मोहम्मद सलाह र ट्रेन्ट एलेक्जान्डर अर्नोल्डले १/१ गोल गरे। 

National life

यसअघि भ्रमणकारी टोली न्युक्यासल जोन्जो सेल्भेले खेलको ७औँ मिनेटमा अग्रता दिलाएका थिए। २१ मिनेटमा जोटाले खेललाई बराबरी स्थितिमा ल्याए। २५औँ मिनेटमा सलाहले गोल गर्दै टोलीलाई पहिलो हाफमा २-१ को अग्रता बनाए।

सलाहले यस गोलसँगै प्रिमियर लिगमा अर्को कीर्तिमान बनाएका छन्। उनले जेमी भार्डीको नाममा रहेको कीर्तिमान तोडेका हुन्। खेलको ८७औँ मिनेटमा ट्रेन्टले गोल गर्दै लिभरपुललाई ३-१ अन्तरको पुनरागमन जित दिलाए। 

जितसँगै लिभरपुल १७ खेलबाट ४० अंक बनाएर दोस्रो स्थानमा छ। पराजित न्युक्यासल भने १७ खेलबाट १० अंक बनाउँदै पुछारबाट दोस्रो तथा रेलिगेशन जोनमा छ। समान खेलबाट ४१ अंक बनाएको म्यानचेष्टर सिटी शीर्ष स्थानमा छ।

प्रकाशित: Dec 17, 2021| 07:35 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।