आइतबार, मंसिर २८, २०८२

कप्तान सन्दीपलाई अवसरसँगै चुनौतीका चाङ

कप्तानीको जिम्मेवारीसँगै उनले अवसर पनि लिएर आएका छन्। कप्तानीमा पुगेसँगै उनी आफैँले अवसर सिर्जना गर्न पनि सक्छन्। एक हदसम्म उनलाई यसले सजिलो पनि बनाउन सक्छ।
 |  बिहीबार, पुस १, २०७८

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, पुस १, २०७८

काठमाडौं- सन्दीप लामिछानेको प्रदर्शनमा शंका गर्ने कुनै ठाउँ छैन। टिममा राम्रो खेलाडी मानिएपनि उनले राष्ट्रिय टिमको कप्तानी सम्हाल्न पाएका थिएनन्। एकपटक सन्दीपले यू-१९ को टिम पनि सम्हाल्ने मौका पाएका थिए। तर त्यो लामो समयका लागि भएन। कप्तानीबाट हट्नुअघि उनको नेतृत्वमा नेपालले एसिया कप र विश्वकप छनोट खेलेका थिए। दुवै प्रतियोगिता नेपालका लागि फलदायी भएनन्। 

National life

यसपछि सन्दीपका ठाउँमा दीपेन्द्र सिंह ऐरीले राष्ट्रिय यू-१९ टिमको जिम्मेवारी पाएका थिए। तर अहिले अवस्था ठीक विपरीत बनेको छ। राष्ट्रिय टिमका चार खेलाडी कारबाहीमा परेपछि सन्दीप लामिछानेलाई नेपाली क्रिकेट टिमको कप्तानी गर्ने अवसर हात परेको छ। 

यसअघिका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तानमा दीपेन्द्र बाहिरिँदै गर्दा सन्दीपले कप्तानीको जिम्मेवारी पाएका हुन्। तर धेरैले सन्दीपको अनुभव र व्यवहार कप्तानीका लागि ठिक भइनसकेको पनि टिप्पणी गर्न थालेका छन्। 

अहिलेको राष्ट्रिय टिममा सबैभन्दा धेरै एक्सपोजर पाएका खेलाडी नै सन्दीप नै हुन्। उनले ठूला फ्रेन्चाइज प्रतियोगिता खेलिसकेका छन्। विश्वकै सर्वाधिक महँगो क्रिकेट प्रतियोगिता आईपीएल खेल्ने एक मात्र नेपाली खेलाडी सन्दीप हुन्। त्यसो त अहिले उनी मात्र २१ वर्षका भए। उनीभन्दा धेरै सिनियर खेलाडी टिममा रहँदा रहँदै पनि उनले कप्तानीको अवसर पाएका छन्। 

पछिल्लो समय एभरेस्ट प्रिमियर लिग (ईपीएल)मा उनले कप्तानी गरिसकेका छन्। त्यसअघि उनले नै मेयर कपमा काठमाडौं-११ पनि कप्तानी सम्हालेका थिए। ती सबै प्रतियोगिताबाट पाएको अनुभव उनले राष्ट्रिय टिममा देखाउनुपर्ने समय आएको छ।

Laxmi sunrise bank
kumari

चुनौतीका चाङ

क्यानले कप्तानीको जिम्मेवारी दिएसँगै सन्दीपलाई अवसरसँगै चुनौतीका चाङ पनि लागेका छन्। नेपाली क्रिकेट खेलाडीमा विभाजन छ। त्यो विभाजनका बीच काम गर्न उनलाई सहज छैन।

त्यसमाथि क्यानले राष्ट्रिय टिमका महत्वपूर्ण सदस्यलाई कारबाही गरेको छ। त्यो कारबाहीले टिममा धेरै निराशा पैदा गरिसकेको छ। टिमका भरपर्दा खेलाडी कुशल भुर्तेल, करण केसी, रोहितकुमार पौडेल अभिनास बोहरा लगायतका खेलाडी क्यानको अहिलेको कामबाट सन्तुष्ट छैनन्।

उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा क्यानको सूचना पोस्ट गर्दै 'आई गेस आई एम डन, आई थिङ्क आई एम डन, आई एम डन टू' लेखेर क्यानको विरोध गरेका छन्। टिमा उनीभन्दा सिनियर खेलाडी धेरै टिममा छन्। त्यसैले पनि उनलाई निर्णय लिन गाह्रो बनाउन सक्छ। 

कप्तानीको जिम्मेवारीसँगै उनले अवसर पनि लिएर आएका छन्। कप्तानीमा पुगेसँगै उनी आफैँले अवसर सिर्जना गर्न पनि सक्छन्। एक हदसम्म उनलाई यसले सजिलो पनि बनाउन सक्छ। 

सन्दीपको क्रिकेट साइनो

स्याङ्जाको आरुचौर तालपोखरीमा जन्मिएका सन्दीप बाल्यकालमा बाबु चन्द्र नारायण लामिछानेसँग भारत पुगेका थिए। उनले भारतबाटै क्रिकेट क्रिकटको कखरा सुरु गरे। कक्षा चारमा पढ्दादेखि नै क्रिकेटमा चासो लिन थालेको बताउने सन्दीपले प्रशिक्षण चाहिँ नेपाल फर्किएपछि मात्रै सुरु गरेका हुन्। सानो टिममा गल्ली क्रिकेटबाट बानी लागेका सन्दीपले चितवन क्रिकेट एकेडेमीमा खेललाई तिखार्ने मौका पाए। पूर्व राष्ट्रिय क्रिकेटर राजु खड्का उनलाई क्रिकेट सिकाउँथे।

उमेर परिवक्व भई नसक्दै उनको बल घुमाई लोभलाग्दो बन्न थाल्यो। सुरुमै प्रेरित भएका थिए प्रशिक्षक खड्का। त्यसपछि सन्दीपको यात्रामा आइपुगे श्रीलंकाका प्रशिक्षक पुबुदु दासानायके।

कप्तानीको जिम्मेवारीसँगै उनले अवसर पनि लिएर आएका छन्। कप्तानीमा पुगेसँगै उनी आफैँले अवसर सिर्जना गर्न पनि सक्छन्। एक हदसम्म उनलाई यसले सजिलो पनि बनाउन सक्छ। 

दासानायके एकदिने प्रशिक्षणको लागि चितवन पुगेका थिए। संयोग पनि कस्तो! सन्दीप त्यतिबेला चितवनमै सिक्दै थिए। उनको बलिङ पुबुदुको नजरमा पर्‍यो। सन्दीपको चामत्कारिक बल घुमाईले पुबुदुलाई पनि आकर्षित गर्‍यो। 

अहिले पुबुदु नेपाली टिमका मुख्य प्रशिक्षक छन्। पहिले उनी नेपाली टिमको प्रशिक्षक हुँदा सहकार्य गर्न नपाएका सन्दीपले पुबुदुसँग अब त्यो अवसर पाउने भएका छन्। पुबुदुले नेपाल आउँदै जहिल्यै पनि सन्दीपलाई निकै महत्वका साथ लिन्छन्। पुबुदु राष्ट्रिय टिममा फर्किएपछि सन्दीपले पनि उनलाई बधाई दिएका छन्। त्यही बोन्डका कारण पनि सन्दीपलाई क्यानले कप्तानीको जिम्मा दिएको आकलन क्रिकेटसँग निकट रहेकाहरूले गर्ने थालेका छन्। 

सन्दीपका सफलता

बंगलादेशमा आयोजित आईसीसी यू–१९ विश्वकप २०१६ मा उनले १४ विकेट लिएका थिए। जहाँ उनी सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो नम्बरमा पर्न सफल भए।

प्रकाशित: Dec 16, 2021| 20:56 बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।