आइतबार, असार २१, २०८३

क्यान निर्णयको खेलाडीहरूले गरे विरोध

क्यानको बुधबार बसेको बोर्ड बैठकले राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई कारबाही गरेपछि खेलाडीहरूले त्यसको विरोध गरेका हुन्।
 |  बिहीबार, पुस १, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १, २०७८

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)को मंरिस २९ गतेको निर्णयमा राष्ट्रिय क्रिकेट टिमका खेलाडीले नै विरोध जनाएका छन्।

क्यानको बुधबार बसेको बोर्ड बैठकले राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई कारबाही गरेपछि खेलाडीहरूले त्यसको विरोध गरेका हुन्।

राष्ट्रिय टिमका रोहित कुमार पौडेन, करण केसी, कुसल भुर्तेल, अभिनास बेहरालगायतका खेलाडीले विरोध जनाएका छन्। बुधबार बसेको क्यानको बोर्ड बैठकले अनुशासन उल्लंघन गरेको भन्दै चार खेलाडीलाई कारबारही गरेको थियो।

कारबाहीमा पर्नेमा कप्तान मल्लसहित उपकप्तान दिपेन्द्रसिंह ऐरी, बलर सोमपाल कामी र कमलसिंह ऐरी रहेका छन्। मल्ल र दिपेन्द्रलाई क्यानले कप्तान र उपकप्तानबाट हटाउने निर्णयसमेत गरेको छ। चारै खेलाडीले ग्रडिङसम्बन्धि कुरा मिडियामा गएर बोलेको भन्दै क्यानले उनीहरूलाई स्पष्टीकरण सोधेको थियो।

स्पष्टीकरणको जवाफमा खेलाडीहरूले हस्ताक्षरसहित ११ बुँदे मागपत्र पेस गरेका थिए। त्यसपछि क्यानले सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा अनुशासन कमिटी गठन गरेको थियो।

समितिले प्रतिवेदन बुझाएपछि क्यानको बोर्डको बहुमतले खेलाडीलाई कारबाही गर्नुपर्ने निर्णय गरेको हो। भर्चुअल बैठकमा क्यानका ६ सदस्यले भने सो निर्णयको विरोध गरेका थिए।

अहिले खेलाडीले पनि क्यानको सूचनामा 'आई एम डन,' 'आई थिंक आई एम डन' लेख्दै विरोध जनाइरहेका छन्। अहिले युवा खेलाडी सन्दीप लामिछानेलाई क्यानले राष्ट्रिय टिमको कप्तानीको जिम्मेवार दिएको छ।

प्रकाशित: Dec 16, 2021| 08:03 बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।