आइतबार, असार २१, २०८३

सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त

नेपाल क्रिकेट संघ(क्यान)को बुधबार बसेको बैठकले लामिछानेलाई कप्तानमा नियुक्त गर्ने निर्णय गरेको हो।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

काठमाडौं- सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा नियुक्त भएका छन्। 

नेपाल क्रिकेट संघ(क्यान)को बुधबार बसेको बैठकले लामिछानेलाई कप्तानमा नियुक्त गर्ने निर्णय गरेको हो। राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई हटाएर क्यानले सन्दीपलाई कप्तानी सम्हाल्ने जिम्मेवारी दिएको हो। 

क्यानले उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई समेत हटाएको छ। खेलाडीले सार्वजनिक रुपमा गुनासो गरेपछि क्यानले यस्तो निष्कर्षमा पुगेको हो। सिंह र मल्ल व्यवहारिक नभएको खेलाडीको गुनासो थियो। 

कप्तान र उपकप्तानबाट हटाउनुअघि क्यानले स्पष्टीकरण समेत सोधेको थियो। स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनीहरूलाई हटाइएको हो।

उता राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण आगामी डिसेम्बर २१ देखि पोखरामा सुरु गर्नेसमेत क्यानको निर्णय छ।

प्रकाशित: Dec 15, 2021| 21:02 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।