काठमाडौं- सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा नियुक्त भएका छन्।
नेपाल क्रिकेट संघ(क्यान)को बुधबार बसेको बैठकले लामिछानेलाई कप्तानमा नियुक्त गर्ने निर्णय गरेको हो। राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई हटाएर क्यानले सन्दीपलाई कप्तानी सम्हाल्ने जिम्मेवारी दिएको हो।
क्यानले उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई समेत हटाएको छ। खेलाडीले सार्वजनिक रुपमा गुनासो गरेपछि क्यानले यस्तो निष्कर्षमा पुगेको हो। सिंह र मल्ल व्यवहारिक नभएको खेलाडीको गुनासो थियो।
कप्तान र उपकप्तानबाट हटाउनुअघि क्यानले स्पष्टीकरण समेत सोधेको थियो। स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनीहरूलाई हटाइएको हो।
उता राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण आगामी डिसेम्बर २१ देखि पोखरामा सुरु गर्नेसमेत क्यानको निर्णय छ।