काठमाडौं – यू १९ महिला साफ च्याम्पिनसिपमा नेपालले श्रीलंकाविरुद्ध ६ गोल गरेको छ। ढाकाको वीर श्रेष्ठ सहिद मोस्तफा कमल रंगशालामा बुधबार दिउँसो सम्पन्न खेलमा नेपालले श्रीलंकाविरुद्ध ६–० गोलको जित निकालेको हो।
नेपालको जितका लागि रश्मी कुमारी घिसिङले दुई गोल गरिन् भने सविता राना मगर र मेनुका कुमारी, सलोनी राना मगर र रजनी थोकरले समान १–१ गोल गरेका छन्।