शनिबार, माघ ३, २०८२

साफ च्याम्पियसिपमा श्रीलंकाविरुद्ध नेपालको सानदार जित

पहिलो खेलमा आयोजक बंगलादेशसँग बराबरी गरको नेपालले दोस्रो खेलमा श्रीलंकाविरुद्ध सानदार जित निकालेको हो।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

काठमाडौं – यू १९ महिला साफ च्याम्पिनसिपमा नेपालले पहिलो जित निकालेको छ। आफ्नो पहिलो खेलमा आयोजक बंगलादेशसँग बराबरी गरको नेपालले दोस्रो खेलमा श्रीलंकाविरुद्ध सानदार जित निकालेको छ। ढाकाको वीर श्रेष्ठ सहिद मोस्तफा कमल रंगशालामा बुधबार दिउँसो सम्पन्न खेलमा नेपालले श्रीलंकाविरुद्ध ६–० गोलको जित निकालेको हो।

National life

नेपालको जितमा रश्मी कुमारी घिसिङले दुई गोल गरिन् भने सविता राना मगर, मेनुका कुमारी, सलोनी राना मगर र रजनी थोकरले समान १–१ गोल गरे। यो जितसँगै चार अंक बनाएको नेपाल अंकतालिकाको शीर्ष दुईमा पुगेको छ। आयोजक बंगलादेशको पनि समान चार अंक । हेडटू हेडमा समान अवस्थामा रहेको बंगलादेश गोलअन्तरsf आधारमा पनि बराबरी स्थानमा छन्।

आजको खेलमा नेपालले पूरा समय श्रीलंका माथि दबाब बनाएको थियो। त्यहि दबाबबीच नेपालले खेलको पाँचौ मिनेटमै गोल गर्‍यो। रश्मीकुमारी घिसिङले खेलको पहिलो गोल गरिन्। पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको लङ रेन्ज सटलाई श्रीलंकाकी गोलकिपरले रक्षा गर्न सकिनन्। रश्मीलाई प्रीति राईले पास दिएकी थिइन्। जारी साफ च्याम्पियनसिपमा नेपालले गरेको त्यो नै पहिलो गोल हो।

पहिलो गोलको एक मिनेटमै नेपालले अग्रता दोब्बर बनायो। रश्मीले प्रहार गरेको फ्रि किकलाई सविता राना मगरले पेनाल्टी बक्सभित्रबाट सेकेन्ड बारतर्फ प्रहार गर्दै गोल गरिन्। श्रीलंकाकी गोलकिपर अघि बढिसकेको अवस्थामा सविताले गोल गरेकी हुन्।

खेलको २८ औं मिनेटमा नेपालले गोलको सुनौलो अवसर गुमायो। प्रीति राईले पोस्टको दायाँबाट गरेको क्रसलाई रश्मीले छ यार्ड बक्सभित्रबाट बललाई नियन्त्रणमा लिँदै प्रहार गरे पनि गोलकिपरले सहजै बचाइन्। खेलको ३२ औं मिनेटमा सविताले पोस्ट नजिकैबाट गरेको प्रहार पनि गोलकिपरले गोललाइनबाट बचाइन्।

Laxmi sunrise bank
kumari

३३ औैं मिनेटमा नेपालले गोलको अर्को अवसर गुमायो। प्रीति राईले प्रहार गरेको फ्रि किकलाई रजनी थोकरले हेड गर्ने प्रयासमा बललाई हातले छोएपछि सो गोलले मान्यता पाएन। तर ४३ औं मिनेटमा नेपाली टिम गोल गर्न चुकेन। थ्रो इनबाट सुरु भएको प्लेको चौथो टचमै नेपालले गोल गर्‍यो। सविताको क्रसलाई फरवर्ड कुसुम खतिवडाले भेट्न नसके पनि मेनुका कुमारीले गोल गरिन्। यससँगै नेपालले पहिलो हाफमा ३–० गोलको अग्रता बनायो।

श्रीलंकाले भने नेपालविरुद्ध दबाब बनाउन सकेन। खेल अवधिभरी नेपालले श्रीलंकाको पोस्टनजिकै बल खेलाइरह्यो। त्यो क्रम दोस्रो हाफमा पनि जारी रह्यो। दोस्रो हाफको ४८ औं मिनेटमा नेपालले चौथो गोल गर्यो। डिफेन्डर सलोनी राना मगरले दिएको पासमा रजनी थोकरले हेडमार्फत पोस्टमा गोल गरिन्। खेलको ५० औं मिनेटमा प्रितिको प्रहार भने गोलकिपरले बचाइन्।


५३ औं मिनेटमा सलोनीले नै गोल गरिन्। प्रीतिले दिएको पासमा उनले लङ रेन्जबाट गरेको प्रहार सीधै पोस्टमा छिरेको थियो।खेलको ८५ औं मिनेटमा नेपालले अर्को गोल थप्यो। पेनाल्टी बक्स नजिकै फ्रि किकमा पाएको अवसरलाई रश्मीले गोलमा परिणत गरिदिइन्। उनको प्रहार पोस्टअघि ड्रप हुँदै गोललाई कटेर पोस्टभित्र छिरेको थियो। यसँगै नेपालले श्रीलंकालाई ६–० गोलअन्तरले हरायो

पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको थियो। यता सुरुआती दुवै खेलमा हार बेहोरिसकेको श्रीलंका तेस्रो खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ। उसले पहिलो खेलमा भुटानसँग हार बेहोरेको थियो भने दोस्रो खेलमा भारतसँग पराजित भएको थियो। भुटानले श्रीलंकाविरुद्ध ५–० गोलको जित निकाल्दा भारतले श्रीलंकाविरुद्ध ५–० गोलकै जित निकालेको थियो।

नेपालसँगको पहिलो खेलपछि आयोजक बंगादेशले पनि आफ्नो दोस्रो खेल खेलेको छ। बंगलादेशले भुटानलाई ६–० गोलले हराएको छ। त्यसैले अहिले बंगलादेश ४ अंकका साथ अंकतालिकाको शीर्षस्थानमा छ भने तीन अंकसहित भारत तालिकाको तेस्रो स्थानमा छ। एक जितसहित भुटान चौथो स्थानमा रहँदा तीन खेलमा हार बेहोरेको श्रीलंका तालिकाको अन्तिममा छ।

आज साँझ भारतले भुटानसँग खेल्नेछ। त्यो खेल भारतको दोस्रो र भुटानको तेस्रो खेल हुनेछ। सो खेलमा भारतले जित निकाले ऊ शीर्षस्थानमा पुग्नेछ। प्रतियोगिताको फाइनलमा पुग्नका लागि नेपाल शीर्ष दुईमा पर्नुपर्नेछ।

प्रकाशित: Dec 15, 2021| 17:37 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।