बुधबार, भदौ १७, २०८३

श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपालले बनायो ३-० को अग्रता

खेलको पहिलो हाफमै नेपालले ३–० गोलको अग्रता बनाएको छ। नेपालका लागि रश्मी कुमारी घिसिङ, सविता राना मगर र मेनुका कुमारीले गोल गरे।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

काठमाडौं- यू १९ महिला साफ च्याम्पिनसिपमा अहिले नेपालले बंगलादेशको राजधानी ढाकामा श्रीलंका महिला यू १९ टिमसँग प्रतिस्पर्धागरिहेको छ।

खेलको पहिलो हाफमै नेपालले ३–० गोलको अग्रता बनाएको छ। नेपालका लागि रश्मी कुमारी घिसिङ, सविता राना मगर र  मेनुका कुमारीले गोल गरे। 

रश्मीकुमारी घिसिङले खेलको पहिलो गोल गरिन्। उनले पेनाल्टी बक्स बाहिरिबाट प्रहार गरेको लङ रेन्ज सटलाई श्रीलंकाकी गोलकिपरले रक्षा गर्न सकिनन्। उनलाई प्रीति राईले पास उपलब्ध गराएकी थिइन्।

जारी साफ च्याम्पियनसिपमा नेपालले गरेको त्यो नै पहिलो गोल हो। त्यसको एक मिनेटमै नेपालले अग्रता दोब्बर बनायो। रश्मीले प्रहार गरेको फ्रिकिक बललाई सविता राना मगरले पेनाल्टी बक्स भित्रबाट सेकेन्ड बारतर्फ प्रहार गर्दै गोल गरिन्। श्रीलंकाकी गोलकिपर अघि बढिसकेको अवस्थामा सविताले गोल गरेकी हुन्।

खेलको २८औं मिनेटमा नेपालले गोलको सुनौलो अवसर गुमायो। सातले पोस्टको दायाँबाट गरेको क्रसलाई रश्मीले सिक्स यार्ड बक्सभित्रबाट बल प्रहार गरे पनि गोलकिपरले सहजै बचाइन्। खेलको ३२औं मिनेटमा सविताले पोस्ट नजिकैबाट गरेको प्रहार पनि गोलकिपरले गोललाइनबाट बचाइन्।

३३औैं मिनेटमा पनि नेपालले गोल गर्न चुक्यो। प्रीति राईले प्रहार गरेको फ्रि किकलाई रजनी थोकले हेड गर्ने प्रयासमा बललाई हातले छोएपछि सो गोलले मान्यता पाएन। तर ४३ औं मिनेटमा नेपाल गोल गर्न चुकेन। थ्रो इनबाट सुरु भएको प्लेको चौथो टचमै नेपालले गोल गर्‍यो। 

सविताको क्रसलाई फरवर्ड कुसुम खतिवडाले भेट्न नसके पनि मेनुका कुमारीले गोल गरिन्। यससँगै नेपालले पहिलो हाफमा ३-० गोलको अग्रता बनायो।

यता श्रीलंकाले भने नेपालविरुद्ध दबाब बनाउन सकेन। खेल अवधिभर नेपालले श्रीलंकाको पोस्टनजिकै बल खेलाइरह्यो।

प्रकाशित: Dec 15, 2021| 15:40 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।