आइतबार, चैत ३, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेशसभामा जितेन्द्र सोनलले मागे मुख्यमन्त्री राउतको राजीनामा

प्रदेशसभामा जितेन्द्र सोनलले मागे मुख्यमन्त्री राउतको राजीनामा

प्रदेश २ को प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलका नेता जितेन्द्र सोनलले प्रदेशसभामै मुख्यमन्त्री राउतसँग मार्गप्रशस्त गर्नुहुन्छ कि? भन्दै प्रश्न गरेका छन्।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

जनकपुरधाम– प्रदेश २ को प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलका नेता जितेन्द्र सोनलले प्रदेशसभामै मुख्यमन्त्री राउतसँग मार्गप्रशस्त गर्नुहुन्छ कि? भन्दै प्रश्न गरेका छन्।

health

प्रदेशसभाको बैठकमा आफ्नो मन्तव्य राख्दै सोनलले अख्तियारले साइकल खरिद प्रकरणमा अनियमितता भएको पहिलो चरणको अनुसन्धानमा देखिएकोले मुख्यमन्त्री राउतले अब मार्गप्रशस्त गर्नुपर्ने बताए। 

गत असार २० गते मुख्यमन्त्री राउतले विश्वासको मत लिइरहँदा साइकल खरिदमा थोरै भए पनि कमीकमजोरी देखिए मार्गप्रशस्त गर्नेछु भनी दिएको अभिव्यक्तितर्फ इंगित गर्दै अब मार्गप्रशस्त गरिदिनका लागि सोनलले माग गरे। 

उनले अख्तियारको छानविनको पहिलो प्रतिवेदनमै साइकल खरिद प्रक्रियामा अनियमितता भएको स्पष्ट भइसकेकाले तत्काल राजीनामा दिई मार्गप्रशस्त गर्न मुख्यमन्त्री राउतसँग आग्रह गरे।

प्रदेशसभा सदस्य सोनलले मुख्यमन्त्री राउतले प्रदेशसभामै ९० प्रतिशत हिन्दु रहेको प्रदेश २ मा मुस्लिम हुनु अपराध हो भनी दिएको अभिव्यक्तिप्रति कडा प्रतिवाद गरे। उनले भने, ‘प्रदेश २ को मुख्यमन्त्रीलाई किन महसुस भयो कि प्रदेश २ मा ९० प्रतिशत हिन्दू छन्, जुन प्रदेशमा मुख्यमन्त्रीजीलाई पूजामा टिका लगाएर शामिल गराइन्छ, हातमा रक्षाबन्धन गर्छन्।’

सोनलले ९० प्रतिशत हिन्दू रहेको प्रदेशका जनताले सर्वोच्च पदमा बसाएको र उनलाई उच्च सम्मानका साथ हेर्ने गरेको बताए। सोनलले सर्वधर्म समभाव रहेको प्रदेशमा मुख्यमन्त्रीले प्रदेशसभा यसरी अभिव्यक्ति दिनु खेदजनक रहेको बताए ।

प्रकाशित: Dec 15, 2021| 13:07 बुधबार, मंसिर २९, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।