काठमाडौं- दोस्रो संस्करणको यू १९ साफ च्याम्पियनसिपअन्तर्गत आज नेपालल दोस्रो खेल खेल्दैछ। बंगलादेशको वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल रंगशालामा हुने खेलमा नेपालले श्रीलंकाको सामना गर्नेछ।
जारी संस्करणमा श्रीलंका तेस्रो खेल खेल्दैछ भने नेपालले दोस्रो खेल खेल्दैछन्। खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ।
पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको थियो। त्यसैले नेपाल आज पहिलो जितको खोजिमा हुनेछ। यता श्रीलंकाले भने सुरुआति दुवै खेलमा हार बेहोरिसकेको छ। उसले पहिलो खेलमा भुटानसँग हार बेहोरेको थियो भने दोस्रो खेलमा भारतसँग पराजित भएको थियो।
भुटानले श्रीलंकाविरुद्ध ५-० गोलको जित निकालेको थियो भने भारतले पनि श्रीलंकाविरुद्ध ५-० गोलकै जित निकालेको थियो।
नेपालसँग खेलपछि आयोजक बंगादेशले पनि आफ्नो दोस्रो खेल खेलेको छ। बंगलादेशले भुटानलाई ६-० गोलले हराएको छ। त्यसैले अहिले बंगलादेश ४ अंकका सात अंकतालिकाको शीर्षस्थानमा छ भने तीन अंकसहित भारत तालिकाको दोस्रो स्थानमा छ।
एक जितसहित भुटान तेस्रो स्थानमा रहँदा नेपाल चौथो स्थानमा छ। नेपालको भने एक अंक छ। दुई खेलमा हार बेहोरेको श्रीलंका तालिकाको अन्तिममा छ। अहिलेसम्म नेपाल र भारतले पहिलो खेल खेलेका छन्। भने बाँकी तीन टिमले दोस्रो खेल खेलिसकेका छन्।
र, आज साँझ भारतले भुटानसँग खेल्नेछ। त्यो खेल भारतको दोस्रो र भुटानको तेस्रो खेल हुनेछ। नेपालले आज श्रीलंकाविरुद्ध ठूलो गोलअन्तको जित निकाल्न सके ऊ शीर्ष दुईमा पर्न सक्नेछ। प्रतियोगिताको फाइनलमा पुग्नका लागि नेपाल शीर्ष दुईमा पर्नु पर्नेछ।